अल्जाइमर (AHLZ–high–merz) एउटा मस्तिष्क–रोग हो, जसले स्मृति, सोच र व्यवहारमा समस्या निम्त्याउँछ । यो वृद्धावस्थाको लक्षण भने होइन । अल्जाइमर समयसँगै खराब हुँदै जान्छ । यद्यपि लक्षणहरू व्यापकरूपमा भिन्न हुन सक्छन् । यसले निम्त्याउने पहिलो समस्या हो– धेरै मानिसहरू बिर्सन्छन् । यो रोगले गाँजेपछि व्यक्तिले आपूmलाई सम्हाल्नै सक्दैन, उसलाई कुनै चीजमा चाख हुँदैन ।
रोग लागेको व्यक्ति अलमलमा पर्नु, परिचित ठाउँमैं हराउनु, गलत ठाउँमा चीजहरू राख्ने वा भाषा राम्ररी बुझ्न नसक्ने, मनोभाव व्यक्त गर्न असमर्थ हुन्छन् ।
७० वर्षको काठमाडौं निवासी भानु ढकाललाई उनको प्राथमिक हेरचाह गर्ने चिकित्सकले औषधिले प्रतिक्रिया नगर्दा र डिप्रेशनको लक्षण देखिएपछि मनोचिकित्सककहाँ रेफर गरेका थिए । ढकालकी नातिनीका अनुसार पत्नी बितेको केही वर्षपछि ६० वर्षको उमेरमा उनको व्यवहारमा परिवर्तन आउन थाल्यो । उनले दशकौंदेखि रमाइलो गरेको नेपाली बोर्ड गेम, बाघचाल खेल्न छाडेका थिए । उनले अब घरबाट बाहिर निस्कन चासो राख्न छाडे । सामाजिकीकरण गर्न अस्वीकार गर्न थाले । बरु उनी दिनभर सोफामा बस्ने र टिभी हेर्ने अनि सुत्ने गर्न थाले । सामान्य ७–८ घण्टा सुत्नुपर्नेमा करीब १०–१३ घण्टा सुत्थे ।
जागीरबाट अवकाश र पत्नीको निधनले ढकाललाई निराश बनायो भन्ने चिन्ता पारिवारिक सदस्यहरूलाई भयो । त्यसपछि उनीहरूले आप्mनो प्राथमिक हेरचाह चिकित्सकलाई आप्mनो चिन्ता बताए र ढकाललाई एन्टिडिप्रेसेन्ट औषधि दिइयो । तर उनको स्वास्थ्यमा सुधार नभएपछि ढकाललाई अल्जाइमर्स भएको पत्ता लाग्यो । डा रमेश कँडेल भन्छन्– “अल्जाइमर मस्तिष्कको प्रगति बिग्रने रोग हो, जसले पछिको उमेरमा व्यक्तिको स्मरणशक्ति र व्यवहारमा असर पार्छ । न्युरोन्स क्ष्Fय हुन थाल्छ, र व्यक्ति बिर्सन थाल्छ र उमेरसँगै यो बढ्दै जान्छ ।” डा कँडेल नेपालमा पहिलो दर्ता भएका जेरियाट्रिशियन (वरिष्ठ नागरिक विशेषज्ञ) र डिमेन्सिया विशेषज्ञ हुन् ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष छत्र प्रधानले अधिकांश नेपालीले अल्जाइमरलाई बुढेसकालमा आउने समस्या मात्रै ठान्छन् । “यसैले गर्दा अधिकांश नेपालीलाई यो रोगबारे थाहा छैन”–उनी थप्छन् ।
सेप्टेम्बरलाई विश्व अल्जाइमर महीना र सेप्टेम्बर २१ लाई विश्व अल्जाइमर दिवसको रूपमा मनाइन्छ । अल्जाइमर दिवस मनाउन थालिएको यो २८औं वर्ष हो । तर नेपालमा अल्जाइमरबारे जनचेतना जगाउने काम निकै कम भएको छ ।
डा कँडेलका अनुसार ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकमा अल्जाइमर्स हुने सम्भावना ४५ प्रतिशत हुन्छ भने ६५ देखि ७५ वर्षका व्यक्तिमा १० प्रतिशत हुन्छ । “चिकित्सा सन्दर्भमा अल्जाइमरको अवस्थालाई हल्का, मध्यम र गम्भीर अवस्था गरी तीन भागमा वर्गीकृत गरिएको छ”–डा कँडेल भन्छन्– “प्रारम्भिक चरणमा बिरामीहरूले क्रमशः स्मरणशक्ति गुमाउने, परिवारका सदस्य र साथीहरूलाई चिन्न गा-हो हुने र काम गर्न पहिलेभन्दा धेरै समय लिने, वस्तुहरू हराउने वा गलत ठाउँमा राख्ने र योजना र सङ्गठित गर्न झन्झट बढ्दै जाँदा व्यवहार र व्यक्तित्वमा क्रमशः ¥हास आएको देख्न सकिन्छ ।
मध्यम अवस्थाका लक्षणहरू सामान्यतया घटना वा व्यक्तिगत इतिहास बिर्सनु, मूड वा पछि हटेको महसूस हुनु, विशेषगरी सामाजिक वा मानसिकरूपमा चुनौतीपूर्ण अवस्थामा आप्mनो ठेगाना वा टेलिफोन नम्बरजस्ता जानकारी सम्झन नसक्ने, अत्यधिक अन्योलमा बस्नु, दिउँसो सुत्ने र रातमा बेचैनी हुने, सामान्य गणितीय काम– पढ्न, लेख्न र व्यवस्थापन गर्न समस्या हुने, नयाँ कुरा सिक्न र काम गर्न समस्या हुने, दैनिक हिंड्डुलमा हराउने, एउटै कुरा दोहो¥याउने र शङ्का गर्ने र निद्राको बानीमा परिवर्तन हुने हुन्छ ।
तेस्रो वा गम्भीर चरणमा अल्जाइमरबाट पीडित बिरामीको अवस्था बिग्रँदै जान्छ र थप समस्याहरू देखा पर्छन् । खाना चबाउन–निल्न समस्या हुने, तौल घट्ने, आलस्य बढ्ने, निद्रा लाग्ने र दिसा नियन्त्रण गर्न नसक्ने क्रमिक समस्याका साथ निमोनियाबाट पनि पीडित हुन सक्छन् । स्मरण र संज्ञानात्मक (Cognitive Skills) सीपहरू थप घट्दै जाँदा बिरामीहरूलाई व्यापक चिकित्सकीय हेरचाह चाहिन्छ ।
कँडेलका अनुसार कोभिड–१९ को महामारीले वृद्धवृद्धालाई घरबाहिर हिंड्डुलमा रोक लगाएकाले अल्जाइमर्सको जोखिम बढेको छ । “उनीहरूको व्यक्तिगत र सामाजिक गतिविधि र अन्तक्र्रियामा प्रतिबन्ध लगाइएका हुनाले अल्जाइमरसँग सम्बन्धित जोखिमहरू बढेका छन्”– उनी बताउँछन् ।
परिवारका अन्य सदस्यले समस्या बुझेर सोही अनुसार काम गर्न सके यस रोगका बिरामीको पीडा कम हुने प्रधानले बताए । “बिरामीका परिवारका अन्य सदस्यहरूले रोगीको व्यवहारबाट हेय र निराश महसूस गर्नबाट जोगिन आवश्यक छ । बिरामीप्रति चासो र जिम्मेवारी देखाउँदा चिकित्सा उपचार र जीवन सजिलो बनाउन ठूलो परिवर्तन ल्याउन सकिन्छ”–उनी भन्छन् ।
अल्जाइमर रोगको लागि कुनै निश्चित उपचार छैन । चिकित्सकहरूले सामान्यतया स्मरण–क्षय र मस्तिष्कका अन्य कार्यहरू व्यवस्थापन गर्ने तरीका सिकाउँछन् । नियमित शारीरिक व्यायाम, सामाजिक र बौद्धिक गतिविधि आदिले रोगवृद्धि नियन्त्रण गर्न सकिन्छ ।
जीवनशैलीमा केही परिवर्तन गरेर पनि अल्जाइमरको जोखिम कम गर्न सकिन्छ । सामाजिक गतिविधिमा बढी सक्रिय हुनु र बौद्धिक अभ्यासमा संलग्न हुनुले मस्तिष्कका कार्यहरूलाई सक्रिय राख्न मदत गर्छ । रक्तसञ्चार प्रणाली स्वस्थ राख्न नियमित शारीरिक क्रियाकलापले पनि मस्तिष्कलाई सुस्त हुनबाट रोक्छ । “ताजा सागसब्जीको नियमित उपभोग र कम बोसो र कम चिनीयुक्त आहार पनि अल्जाइमर रोगको जोखिम कम गर्ने उपाय हुन्”–डा कँडेल बताउँछन् ।
अल्जाइमर डिमेन्सियाको सबैभन्दा सामान्य रूप हो । यो एउटा चिकित्सा शब्द हो, जुन दैनिक क्रियाकलापहरूमा सम्झने, सोच्ने र निर्णय गर्ने क्षमतामा कमजोरीका लागि प्रयोग गरिन्छ । यसले ६० देखि ७० प्रतिशत मामिलाहरूमा योगदान गर्छ । डब्लुएचओको तथ्याङ्क अनुसार विश्वभर करीब ५० करोड मानिस डिमेन्सियाबाट पीडित छन् र हरेक वर्ष १० करोड नयाँ मामिला दर्ता हुन्छन् । सन् २०२० सम्म डिमेन्सिया भएका व्यक्तिहरूको कुल सङ्ख्या ८२० मिलियन र २०५० सम्म १.२२ बिलियन पुग्ने अनुमान छ । यो चिकित्सा अवस्था निम्न र मध्यम आय भएका देशहरूमा सबैभन्दा बढी छ ।
“डिमेन्सिया गलतरूपमा बुझिएको अवस्था हो । धेरै मानिस यो बुढ्यांैलीसँग सम्बन्धित सामान्य समस्या हो भन्ने विश्वास गर्छन् र लक्षणहरूको कुरा गर्दा स्मरणशक्ति ¥हास हुने रोग हो भनी सामान्यरूपमा लिएको पाइन्छ । वास्तविकता यो हो कि डिमेन्सिया त्यो अवस्था हो, जुन विभिन्न समस्याहरूका कारण बन्न सक्छ । सामान्यतया अल्जाइमरले मस्तिष्कका विभिन्न भागमा क्षति पु¥याउँछ”–प्रधान भन्छन् ।
नेपालमा अल्जाइमर्स एन्ड रिलेटेड डिमेन्सिया सोसाइटी र राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले अल्जाइमर्सको निदानका लागि मानिसलाई मदत गर्दै आएका छन् । बिरामीका परिवारका सदस्यहरूलाई परामर्श र हेरचाहसम्बन्धी तालीम प्रदान गर्दै आएका छन् ।
सन् २०१३ मा सरकारले डिमेन्सियाका बिरामीलाई उपचारका लागि एक लाख रुपियाँ अनुदान उपलब्ध गराउने घोषणा गरेको थियो । अनुदान थोरै भएपनि रोग नियन्त्रणका लागि सरकारले चालेको यो पहिलो कदम हो–प्रधान भन्छन् ।
तर अनुदान कार्यक्रममा आएका समस्यालाई डा कँडेलले औंल्याए । उनका अनुसार कार्यक्रम अन्तर्गतको उपचार केही स्वास्थ्य केन्द्रमा मात्रै उपलब्ध हुँदा देशभरका बिरामीको उपचार निकै असहज भएको छ । “अल्जाइमर्सजस्ता बुढ्यौली रोगसँग लड्न स्वास्थ्य पूर्वाधार र जेरियाट्रिक हेरचाहका लागि चिकित्सकीय जनशक्तिको विकास महŒवपूर्ण छ भन्ने कुरा पनि सरकारले बुझ्नुपर्छ”–डा कँडेल बताउँछन् ।
उपचार र रोकथाममा नयाँ दिशा :
बेटाअंøलोइड (एउटा चिकित्सकीय अङ्ग्रेजी शब्द)को माध्यमबाट यस रोगलाई केही नियन्त्रण गर्न सकिन्छ कि भनेर अनुसन्धानकर्ताहरू लागिपरेका छन् । उपचारका लागि अन्य धेरै नयाँ दृष्टिकोण छन् । साथै विश्वभर अनुसन्धानको दायरा फराकिलो पारिंदै छ । यसको अनुसन्धानको लागि अमेरिका र अन्य धनी मुलुकहरूले ठूलो धनराशि खर्च गरिरहेका छन् । वैज्ञानिकहरूले केही आशावादी कुरा पत्ता लगाउन थालेका छन् ।
संतृप्त फ्याट कम भएको खाना खाने र फलपूmल तथा हरियो सागसब्जीमा बढी जोड दिने, नियमित व्यायाम गर्ने र मानसिक र सामाजिकरूपमा सक्रिय रहन सके मस्तिष्कलाई बचाउन मदत पुग्न सक्छ ।