×

वीरगञ्ज । जिराभवानी गाउँपालिका वडा नम्बर १ बैरिया खोलास्थितबाट अवैध लागू औषध गाँजा लोड गरेको BE-22Y-6349 नम्बर को सुपर स्पेलेन्डर मोटरसाइकलमा १० किलो लागू औषधगजा बरामद भएको छ। 

प्लास्टिकको बोरामा लुकाई छिपाई नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा इलाका प्रहरी कर्यालय पटेर्वासुगौलिका प्रहरी निरिक्षक मोहन जङ्ग बुढा थापाको कमाण्डमा खटिएकोटोलिले विशेष सुचनाको आधारमा उक्त स्थानबाट गाँजासहित मोटरसाइकल पक्राउ गरिएको हो । 

पक्राउ गरिएका लागू औसध गजा र मोटरसाइकल ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।

यसैगरी जेठ ३२ गते बिहान पर्सा कै जिराभवानी गाउँपालिका वडा नम्बर ४ र १ एहरवा रुख स्थित बाट सेतो बोरामा लुकाइछुपाई राखिएको बेवारिसे १० किलो ५०० ग्राम लागू औसध गाँजा बरामद गरिएको छ । 

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहन जंग बुढा थापाको नेतृत्वमा खटिएको प्रहरीको गस्ती टोलीले बरामद गरी उक्त स्थानमा पक्राउ भएको गजा इलाका प्रहरी कार्यालयमा पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो । बरामद गजा बारे आवश्यक अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

Back to top