×

कुनै समय अभिनेता अक्षय कुमारलाई बक्स अफिसको ‘ग्यारेन्टी कुमार’ भनिन्थ्यो । तर कोरोना महामारीपछि अक्षयका जति पनि फिल्म रिलिज भए अधिकांश फिल्म फ्लप भए ।

यति मात्र होइन, उनको हालै रिलिज फिल्म ‘बढे मियाँ छोटे मियाँ’प्रति बलिउडको निकै ठुलो आशा थियो, तर फिल्मले इदका बाबजुद पनि बक्स अफिसमा कुनै कमाल गर्न सकेन । जसकारण निर्माताहरुले घाटासँग सम्झौता गर्नुपर्‍यो । कोभिड पछिको यात्रामा उनका फिल्मको औसत लाइफटाइम कलेक्सन ७८ करोड मात्र रह्यो ।

कोभिड पछि अक्षयका ९ फिल्म प्रदर्शनमा आए, जसमा ६ फिल्म फ्लप भए । फ्लप फिल्ममा ‘बेलबटम–(३०.६३ करोड रुपैयाँ)’, ‘बच्चन पाण्डे (४९.९८ करोड रुपैयाँ)’, ‘सम्राट पृथ्वीराज(६८.०५ करोड रुपैयाँ)’, ‘रक्षा बन्धन (४४.३९ करोड रुपैयाँ), ‘सेल्फी(१६.८५ करोड रुपैयाँ)’ र ‘मिसन रानीगन्ज(३३.७४ करोड रुपैयाँ)’ छन् ।

जबकी दुई फिल्म ‘सूर्यवंशी (१९६ करोड रुपैयाँ)’ र ‘ओएमजी २ (१५०.१७ करोड रुपैयाँ)’ सुपरहिट भए । फिल्म ‘राम सेतु (७१.८७ करोड रुपैयाँ)’ले औसत कमाई गर्यो । कोभिडपछि उनको फिल्मको औसत लाइफटाइम कलेक्सन मात्र ७८ करोड छ । यसमा ‘सूर्यवंशी’ र ‘ओएमजी २’ छन् । यदि यी दुई सफल फिल्मलाई हटाउने हो भने औसत लाइफटाइम कलेक्सन झरेर ५० करोड रुपैयाँ छ । 

यी सबै फिल्मको कुल लाइफटाइम कलेक्सनको कुरा गर्दा करिब ७ सय करोड रुपैंयाँहुन आउँछ । जसमा ५० प्रतिशत कलेक्सन ‘सूर्यवंशी’ र ‘ओएमजी २’बाट ३४१.१७ करोड रुपैयाँ हुन आउँछ ।

अक्षय एक उत्कृष्ट कलाकार हुँदाहुँदै पनि उनको फिल्म किन चल्न सकेका छैनन् ? बलिउडमा अहिले यो प्रश्न उठिरहेको छ । दिग्गज फिल्म समीक्षक तथा व्यापार विश्लेषक तरण आदर्शको जवाफ यो प्रश्नमा फरक छ ।

‘चाहे अक्षय हुन् वा शाहरुख खान, सलमान खान, आमिर खान वा अजय देवगन, तपाईँ पछिल्लो शुक्रबारको जस्तै राम्रो या नराम्रो थाहा पाउनुहुन्छ । मलाई सम्झना छ मैले अमिताभ बच्चनलाई ‘खुदागवाह(१९९२)’को सेटमा भेटेको थिएँ । मैले उनलाई ‘अग्निपथ (१९९०)’मातपाईंको अभिनयको सराहना गरिएको छ’ भनें । तर उहाँले ‘तर निराशत्यो होइन’भनी जवाफ दिनुभयो । जब आमिर खान ‘लालसिंह चड्डा(२०२२)’ जस्तो झुर फिल्म दिन्छन्, या शाहरुखखान ‘पठान(२०२३)’ अघि फ्लप फिल्मको झण्डा गाड्छन् वा अक्षय कुमार वर्तमानअवस्थामा एकपछि अर्को फ्लप फिल्म दिन्छन्, त्यसले तपाईंको अवस्थालाई प्रभाव पार्छ । यो बक्सअफिस नम्बरले सञ्चालन गरेको उद्योग हो । स्टार रेटिङ वा अभिनेता–अभिनेत्रीको प्रदर्शन कति शानदार छ, त्यो अप्रासंगिक साबित हुन्छ’, तरण भन्छन् ।

जयपुरमा इन्टरटेनमेन्ट प्याराडाइजका मालिक राज बंसल थिएटरसँगै ओटीटीमा अक्षयका फिल्म धेरै रिलिज हुनु उनका लागि दुर्भाग्य भएको दाबी गर्छन् । ‘यदि कोही अभिनेता आफूलाई ओभर एक्सपोज गर्छ, ऊ चल्दैन । एक अभिनेतालाई वर्षमा दुई देखि अधिकतम ३ वटासम्म फिल्म गर्न आवश्यक छ’, उनी भन्छन् । उनी फिल्म विश्लेषकका रूपमा पनि चिनिन्छन् ।

अक्षयको हातमा ‘सरफिरा’, ‘स्काईफोर्स’ र बहुप्रतिक्षितकमिकफिल्म ‘हेराफेरी ३’, ‘वेलकम टू द जंगल’ छन् । विश्लेषकहरू यदि यी फिल्मका विषयवस्तु दर्शकले मन पराए भने अक्षयका लागि सबै कुरा बदलिनेछ ।

Back to top