×

वीरगञ्ज । नेशनल आइसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) डायनामिक टेक्नोसफ्टले प्राप्त गरेको छ ।

राष्ट्रिय आइसिटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डायनामिक टेक्नोसफ्टलाई नेसनल आइसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) प्रदान गरेको हो ।

काठमाडौँमा राष्ट्रिय आइसिटी दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले डायनामिक टेक्नोसफ्टका सञ्चालकद्वय दीपक साह र सचिन साहलाई अवार्ड हस्तान्तरण गरेका छन्  ।

वीरगञ्जमा स्थापना भएर छोटो समयमा अन्तर्राष्ट्रिय बजारसम्मको छलाङ मार्न सफल भएको डायनामिक टेक्नोसफ्ट सन् २०१० मा साथीको घरमा कोठा भाडा लिएर सुरुवात भएको थियो ।

जागिर भन्दा आफ्नै केही गर्नु पर्छ भन्ने हुटहुटीले कम्पनीका सञ्चालकहरू दीपक साह, सचिन साह र अर्जुन साहले जसोतसो गरी ग वर्गका वित्तीय संस्थाबाट चर्को व्याजमा ऋण लिई व्यवसाय थालनी गरेका थिए ।

Back to top