×

दुबई । युनाइटेड अरब इमिरेट्स (युएई)मा फेरि भीषण वर्षा भएको छ । बिहीबार बिहानैदेखि फेरि अचाक्ली वर्षा भएको मध्यपूर्वका सञ्चार माध्यमहरूले जनाएका छन् । 

वर्षाले अबुधावी र दुबई क्षेत्र बढी प्रभावित भएको गल्फ न्युजले जनाएको छ । समाचारमा जनाइएअनुसार दुबईका बासिन्दा बिहान उठ्दा हुरी, आकाशमा गडगडाहट र चट्याङ्गको अवस्था रहेको थियो । 

भारी वर्षाका कारण युएईमा दुई दिन बिदा दिइएको छ । युएईमा बिहीबार र शुक्रवार बिदा दिइएको हो । अधिकारीहरूका अनुसार बिदाको उद्देश्य शिक्षक र विद्यार्थीको सुरक्षा सुनिश्चित गर्नु हो ।

विमानस्थल क्षेत्रमा पनि भीषण वर्षा भएको समाचारमा उल्लेख छ । अत्यावश्यकबाहेक ड्राइभिङ नगर्न र अत्यावश्यक परेमा होसियारी अपनाउन सरकारी निकायले सर्वसाधारणलाई अलर्ट जारी गरेका छन् ।

युएई र ओमानमा केही हप्ताअघि मात्रै वर्षा र बाढीले ठूलो जनधनको क्षति गराएको थियो ।

Back to top