×

वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका – ३ गुलरियामा गए राति आगलागी भएको प्रहरीले जनएको छ ।  

आगलागीमा परी स्थानीय गुलरिया निवासी राजेन्द्र पटेल, फरिन्द्र पटेल, हनिफ मियाँ धोवी, मनिफ मियाँ धोबी, रबिन्द्र पटेलको घरपूर्ण रूपले जलेर नष्ट भएको हो । 

आगालागिमा  गरगहना, लत्ताकपडा, फर्निचर, अन्नपात, साइकल, भाँडाकुँडा, बाख्रालगायत चौपाया र नगदसहित ५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शम्भु विक्रम शाहले बताए ।

गए राति १२ बजे विद्युत् सर्ट सर्किट भएर लागेको आगो आज बिहान २ बजे नेपाल प्रहरी, स्थानीयवासी र पोखरिया नगरपालिकाको वारुण यन्त्रको सहयोगमा २ घण्टापछि आगो नियन्त्रण भएको  इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर शाहले बताए ।

Back to top