×

अन्कुश  दैनिकले २५वौ वर्ष पार गरी २६वौ वर्षमा प्रवेश गरेकोमा सबैभन्दा पहिले मेरो तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । मोफसलबाट प्रकाशित यो दैनिक पत्रीकाले विभिन्न वाधा र अडचनहरुलाई पार गर्दै  वार्षिक उत्सव मनायकोमा  विरगन्जवासीहरु अवस्यपनी धन्यवादका पात्र छन ।

यहाँहरुकै माया,  ममता र पत्रीकालाई आफ्नो पत्रीका ठानी यहाँहरुले यसप्रती देखाउनु भएको लगावले गर्दा नै यो पत्रीकाको निरन्तरता सम्भव हुन सकेको हो ।

पत्रकारिताको व्यावसायिकता र मिडिया जवाफदेहिताको सन्दर्भमा नेपाली समाचार मिडिया, छापा र अनलाइन दुवैको मूल्याङ्कन गर्नु महत्त्वपूर्ण छ। सन् १९९० मा बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भएदेखि नेपालले मिडिया र पत्रकारिता क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ र देशव्यापी रूपमा आउटलेटहरूको संख्या र व्यापक कभरेज बढेको छ । 

नेपालको प्रेस स्वतन्त्रता र मिडिया व्यवसायिकताको लागि सङ्घर्षका विभिन्न उतारचढावहरू पार गरेको  इतिहास छ। राणा प्रधानमन्त्री  जंगबहादुरले सन् १८५१ मा इङ्गल्याण्डबाट गिद्धे प्रेस भनेर चिनिने छापाखाना नेपालमा ल्याएर नेपालको राजधानी काठमाडौंमा स्थापना गरेका थिए ।

त्यसपछी  दर्जनौ  प्रेसहरुलाई देशमा   भित्र्याएर विभिन्न व्यापारिक घरानाका  व्यक्तिहरूले  काठमाडौं उपत्यकामा व्यापारिक प्रयोजनका लागि स्थापना गरेका थिए । सन् १९०१ मा सरकारको मुखपत्रका रूपमा गोरखापत्र नामक साप्ताहिक पत्रिका (जो १९६१ मा दैनिक बन्यो) छाप्नका लागि एउटा प्रेस प्रयोग गरियो ।

सन् १९५०/ ५१  मा प्रजातन्त्रको सुरुवात भएसँगै छापा मिडियामा नयाँ युगको सुरुवात भएको सङ्केत गर्दै सयौं पत्रपत्रिकाहरू सञ्चालनमा आए। सोही वर्ष रेडियो नेपाल, पहिलो रेडियो स्टेशनको स्थापना भयो । 

यसैबीच, धेरै निजी मिडिया व्यवसायीहरूले व्यावसायिक वृद्धि, प्रेस स्वतन्त्रता र सरकारी संयन्त्रहरू (FNJ, २०१३) बाट सहयोग वृद्धि गर्ने उद्देश्यले २९ मार्च १९५६ मा नेपाल पत्रकार संघको स्थापना गरे - जसलाई हाल नेपाल पत्रकार महासंघ (FNJ) भनिन्छ।अर्को वर्ष, सरकारले प्रेस नीतिहरू तर्जुमा गर्ने र पत्रकारहरूको आचारसंहिताको पहिलो मस्यौदा तयार गर्ने प्रेस आयोग गठन गर्‍यो । एवमरितले पत्रकारिता क्षेत्रको बिकास भएको हामी पाउछौ ।

सत्य;  पत्रकारिताको पहिलो दायित्व हो । सबै नागरिकका लागि वफादार  भई सत्य तथ्यलाई जनमानसको सामुन्ने , कुनै  डर र धाक धम्की बिना , समाचार   सम्प्रेषण  गर्नु पत्रकारिताको सबै भन्दा ठुलो कर्म र धर्म हो। स्वतन्त्रता अर्को विशेषता हो । यस्ता विशेषणहरुको समग्रता नै इमान्दार पत्रकारिता हो। अन्कुश  दैनिकले आज पर्यन्त आफ्नो कर्म र धर्म बाट रत्तिभर विचलित नभई आफ्नो पत्रकारिताको व्यवसायिक निरन्तरतालाई कायम राख्न सकेकोले नै गर्दा यसले २५वौ वार्षिकतोसव  सफलतापुर्वक सम्पन्न गर्न सकेको हो भन्दा कुनै अतिसयोक्ती नहोला । 


कोभिड पछीका वर्षहरुले सारा क्षेत्रलाई नै तहसनहस गरेको अवस्थामा अन्कुश पत्रीका आजपर्यन्त पाठकहरु सामु विध्यमान रहनु नै आँफैमा एउटा अनुकरणिय उदाहरण हो । अझ भनौ अन्लाइन पोर्टलको जगजगिले प्रिन्ट मेडियालाई टिक्नै गार्हो भएको अवस्थामा अन्कुश दैनिकले आफुलाई निरन्तरता दिनु नै साहसिक कार्य हो भन्दा फरक नपर्ला ।

मिडियाको भूमिका लोकतान्त्रिक समाजमा  झन बढी हुने कुरामा कुनै दुईमत नै छैन । शुभकामना छ मेरो अन्कुश  दैनिकलाई अझ बढी माझिने , अझ बढी परिकृषित हुँदै जन जनमा यसको अमिट छाप छाडदै जाने । श्रीजनाशिल रचना र खोजमुलक लेख र सत्य तथ्यमा आधारित समाचार सम्प्रेषणले पत्रीकाको ओजलाई अझ खदिलो बनाउछ ।

आशा छ आउँदा दिनमा यसले यि र यस्ता बिषयहरुमा आफुलाई अझै अव्वल बनाउदै जानेछ । जस्तो सुकै प्रतिकुलता भोग्नुपरेपनी यस पत्रीकाले निष्पक्ष पत्रकारितालाई अगाडि बढाउने प्रणलाई कहिल्यै ओझेलमा पार्ने छैन । सधैं झै लोकतन्त्र, कानुनी राज्य र सम्वैधानिक मुल्य र मान्यतालाई जीवन्त राख्ने छ ।  

अन्त्यमा फेरी , यस पत्रीकाको निरन्तरताको शुभकामना दिदै मेरा शब्दहरुलाई विराम दिन चाह्न्छु । मुरीमुरी बधाई र नमन ।

(राजेन्द्र प्रसाद कोइराला (पीएचडी) वीरगञ्जस्थित ज्ञानदा एकेडमी स्कूलका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् हुनुहुन्छ ।) [email protected]


 


 

Back to top