×

वीरगञ्ज, २३ साउन । नेपाल आईडलबाट आम दर्शक श्रोता माझमा आफुलाई परिचित गराएर स्थापित गराउने दौडमा रहेकी गायिका स्वस्तिका ढकालको नयाँ गीत सार्वजनिक भएको छ । 

पछिल्लो समयमा चलचित्रका गीतदेखि अन्य आधुनीक गीतहरुमा पनि संगीत भर्न भ्याईनभ्याई हुने व्यस्त संगीतकार अर्जुन पोखरेलको संगीतमा रहेको सुशिला पौडेल र रुपा पाण्डेका शब्दलाई स्वस्तिकाले आवाज दिएकी हुन् । “सम्हाल्दा सम्हाल्दै” बोलको गीतको भिडियो ‘श्याम कार्की’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

गीतको भिडियोमा एलिशा शर्मा र निया तामाङको अभिनयसंगै  जोकर क्रु समूहलाई पनि देख्न सकिन्छ । पवन सुस्लिङले छायाङ्न र सम्पादन गरेको भिडियोको निर्देशन द जोकेर क्रु कै शयनम अधिकारीले गरेका हुन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
 

Back to top