×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ९० लाख बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरस्थित सडकखण्डबाट प्रहरीले ८७ लाख ५० हजार ४१५ रुपैयाँ बराबरको सामान बरामद गरेको हो । 

ना.६ ख ३८६१ नम्बरको ट्रक चेकजाँचको क्रममा खुद्रा सामानसँगै औषधी तथा कपडाहरु बरामद गरिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । 

त्यस्तै वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले पनि २ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चौकबाट प्रहरीले विभिन्न खुद्रा तथा औषधी जन्य सामग्रीसँगै कपडा बरामद गरेको डिएसपी थापाले बताए । बरामद सामग्रीलाई ट्रकसहित आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । 
 

Back to top