×

वीरगञ्ज, १ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपलभित्र अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई बीच तिक्तता बढ्दै गएको छ । अध्यक्ष यादवले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेपछि उनीर डा. भट्टाराई बीचको सम्बन्ध बिग्रिएको हो ।

अध्यक्ष यादवले बैठक बोलाउन आनाकानी गरेपछि डा. भट्टराई अहिले विकप्ल खोजिरहेका छन् । उनले आफ्ना पक्षका नेताहरु मार्फत अध्यक्ष यादवलाई बैठक बोलाउन पटक-पटक आग्रह गरेपनि उनले वेवास्ता गरेपछि डा. भट्टराई अहिले विकल्पको खोजी गर्नथालेका हुन् । 

डा. भट्टराइले भट्टराई पार्टीमा बहुमत पुर्‍याउनका लागि पार्टीका सांसद् र कार्यकारिणी सदस्यहरूलाई मिलाउने प्रयासमा लागेका छन् । संसदीय दलमा आफ्नो बहुमत पुर्‍याइसकेका भट्टराई पार्टीभित्र पनि बहुमत पुर्‍याउने कसरतमा लागेको छन् । उनिसँग महन्थ ठाकुर पक्षबाट जसपामा आएका अधिकांश सांसदहरूको साथ छ । महेन्द्र राय यादव, राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, नरमाया ढकाल, रुही नाज, मृगेन्द्रकुमार सिंह यादव, रानी मण्डल, रेणुका गुरुङ लगायतले डा. भट्टराईलाई साथ दिने बुझिएको छ । महानेद्र राय यादवले त भट्टराईलाई खुलेर समर्थन नै गरिसकेका छन् ।

त्यसैगरी अमृता अग्रहरी, नरमाया ढकाल, रुही नाज, रानी मण्डलले पनि उपेन्द्र यादवबाट असन्तुष्ट भएर डा. भट्टराईलाई साथ दिने मन बनाई सकेको जसपा स्रोतको दावी छ । त्यस्तै, उपेन्द्र यादव पक्षका पूर्वमन्त्री इस्तियाक राइ र पर्साका सांसद्  प्रदीप यादवले पनि डा.भट्टराईलाई साथ दिने भएका छन् । राईले सार्वजनिक रुपमै उपेन्द्र यादवको विरोध गर्दै भनेका छन्, "उपेन्द्र यादवले जसपालाई यादवहरुको पार्टी मात्र बनाउन खोजेका छन्, उनको एकलौटी शासन तोड्नै पर्छ ।" त्यसतै एकताका उपेन्द्र यादवको सबैभन्दा निकट मानिने सांसद् प्रदीप यादव पनि उनिसँग रुष्ट छन् । अर्कोतर्फ उपेन्द्र यादव पक्षकै डा. सुरेन्द्र यादवले समेत अध्यक्ष भट्टराईलाई साथ दिने भएका छन् । अध्यक्ष यादव पनि आफ्नो सांसद् तथा नेता जोगाउन दौडधुपमा छन् । अध्यक्ष यादव पक्षका नेताहरू सांसद् तथा कार्यकारिणी सदस्यका नेताहरू घरघर पुगेर उनीहरूलाई फकाउने प्रयास गरिरहेको बुझिएको छ । 

जसपा नेपालमा १९ जना सांसद छन् त्यसमध्ये डा.बाबुराम भट्टराईको पक्षमा १२ जना सांसद् पुगेको दाबी गरिएको छ । गणित हेर्दा डा. भट्टराइले पार्टी फुटाउन खोजे उनले त्यो सहजै गर्न सक्छन । उनलाई महेन्द्रराय यादव, इस्तियाक राइ, प्रदीप यादव, राजकिशोर यादव, डा.सुरेन्द्र यादव, नरमाया ढकाल, रानी मण्डल, रुही नाज, रेणुका गुरुङ, अमृता अग्रहरी र ललित देवी सिटौलाले समर्थन गर्ने स्रोतले जनाएको छ । डा. भट्टराइ पक्षमा एक सांसद्ले भने, ‘सांसद्बाट पार्टी विभाजन गर्न आठजना सांसद् चाहिन्छ तर बाबुराम पक्षमा १२ जना सांसद् छन् । जाँदा जाँदै दुई चारजना कम भए पनि बहुमत बाबुरामकै पक्षमा हुन्छ ।’

त्यस्तै, पार्टीको कार्यकारिणी समितिमा पनि आफ्नो बहुमत रहेको बाबुराम पक्षको दाबी छ । ३५ जना केन्द्रीय कार्यकारिणी समितिमा १८ जना आफ्नो पक्षमा रहेको दाबी बाबुराम पक्षको भनाइ छ । साथीहरूको बीचमा छलफल चलिरहेको छ, उपेन्द्र यादवले बैठक बोलाएनन् भने संविधान तथा पार्टीको विधान अनुसार अगाडि बढ्ने बाबुराम पक्षका नेताले बताए ।  

Back to top