×

वीरगञ्ज, २९ पुष ।  पर्साको सिमावर्ती क्षेत्र बढगाई र टिहुकी नाका भएर व्यापक मात्रामा तस्करी भईरहेको पाइएको छ । अवैध रुपमा भन्सार छलेर प्रहरी चौकी बुढगाई र टिहुकीको बाटो भएर भारतको सिक्टा, मैनाटाडा, पुरुषोतमपुर बजार लगायतका क्षेत्रमा तस्करी हुने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । 

बिहान र रातिको समयमा भिस्वा, बुढगाई, जयमंगलापुर, तुल्सीवर्वा, लंगडी, पोखरिया, हरिहरपुर बिर्ता, भेडिहारीसँगै भारतीय सिक्टा, सडकियाटोला, पुरुषोतमपुर, मिलपर्सा बलथर लगायतका स्थानमा खाद्यान्नसहित लत्ताकपडा एवम् कस्मेटिकका साथै ईलेक्ट्रिक सामानहरु भित्रिने गरेको स्थानीयले बताएका छन् ।

 मोटरसाइकल तथा साइकलमा लोड गरी कपडा, कस्मेटिक, चिनी, खाने तेल, धान, भारतीय चप्पल, हाडवैयर्स, किराना सामान लगायतका सामाग्री अवैध रुपमा भित्रिने गर्छन् भने छोकडा, मरिच, ल्वाङ्, सुपारीसहित सामाग्रीहरु भन्सार छलेर अवैध रुपमा भारत तर्फ जाने गरेको स्थानीय बताउँछन् । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै भारतिय प्रसाशनलाई नजराना दिएर भारत  लगायतको ठाउँमा तस्करीको सामान खुलेयाम भित्रिने र बाहिरीने क्रम चलीरहेको स्रोतको भनाई छ । प्रहरी ईन्चार्जहरुले नेपाल भारतका तस्करहरुसँग महिनावारी र कतिपय तस्करसँग प्रति रात ५ हजार देखि १० हजार सम्म लाईन लिएको स्रोतले जनाएको छ ।

सिमामा रहेको बुढगाई, टिहुकी नाकामा काम गर्ने प्रहरीहरुले तस्करहरुसँग जिल्ला प्रहरी कार्यलय पर्सा र प्रदेश नम्बर २ प्रहरीको नाममा समेत नजराना उठाउने गरिरहेको तथ्य बाहिरिएको छ ।

दिनहु लाखौको भारतिय समान अबैध रुपमा भन्सार राजस्व चुहावट गरि नेपाल भित्र्याउने गरिएकोमा प्रहरीका उच्च अधिकारीहरुले तस्करी रोक्न तदारुकता नदेखाएको पाइएको छ । बाटोमा रहेको बञ्जारी प्रहरी चौकीले र बिरञ्चीबर्वा ईलाका प्रहरी कार्यालयले समेत तस्करसँग नजराना लिने गरेको खुलेको छ । 

Back to top