×

पर्सा, ८ माघ । भर्खरे सशस्त्र प्रहरी बल पर्साको प्रहरी उपरीक्षक (एसपी) को जिम्मेवारी सम्भालेर आएका तेज पोखरेलले शनिबार जिल्लाका विभिन्न बोर्डर आउट पोष्ट (विओपी) हरुको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । 

विओपीको तथा शान्ति सुरक्षा सम्बन्धि अपडेट लिन उद्देश्यले एसपी पोखरेल विओपीहरुको अनुगमन गरेका हुन् ।
  
एसपी पोखरेलले बिओपी भिस्वा, मिर्जापुर टिहुकी, अमरपटी, पकहामैनपुर, सबैठवा लहावरथकरीलगायतका विओपीहरुको निरीक्षण र अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा पोखरेलले तस्करीलाई नियन्त्रण गर्न अझै कडा रुपले प्रस्तुत हुन् र शान्ति सुरक्षामा कुनै पनि किसिमको सम्झौता नगर्ने विओपीहरुलाई निर्देशन दिएका थिए ।

विओपीसँग जोडिएका गाउँका स्थानीयहरुसँग कुराकानी गर्दै उनले सीमाबाट हुने तस्करी लगायत विभिन्न अपराधिक क्रियाकालापलाई नियन्त्रण गर्न कुनै सम्झौता नहुने बताएका थिए । आफूलाई राज्यले दिएको जिम्मेवारीलाई पूर्णरुपमा पालन गर्दै देशप्रति बफादार भई काम कर्तब्यलाई सक्रियताका साथ अगाडि बढाउँदै आफू कुनै किसिमको लोभ लालचमा पनि नपर्ने उनले प्रतिबद्धता व्यक्तसमेत व्यक्त गरेका थिए ।

शान्ति सुरक्षा कायम गर्न जनसमुदायको सहयोग पनि जरुरी रहेको पोखरेलको भनाई थियो । आफ्नो मातहतका सुरक्षाकर्मीहरुले जनताहरुलाई अनावश्यक कुराहरुमा दुःख दिने काम गरेमा आफूलाई सम्पर्क गरे कारवाहीसमेत गर्ने पोखरेलले प्रतिबद्धता बताएका थिए ।

Back to top