×

वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले सनराइजर्स हैदरावादलाई ३५ रनले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बैंगलुरुले दिएको २०७ रनको लक्ष्य पछाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन मात्र बनाए पछि खेल ३५ रनले हारेको थियो ।

यसअघि पहिला ब्याटिङ गरेको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनाएको थियो ।

यो यस सिजनमा बैंगलुरुको दोस्रो जित हो । ९ खेलमा २ जित र ७ हार बेहोरेको बैंगलुरुको ४ अङ्क भएको छ र अङ्कतालिकामा पुछारमा रहेको छ ।

त्यस्तै सनराइजर्स हैदरावादको भने ८ खेलमा ५ जित र ३ हारसहित १० अङ्क रहेको छ र अङ्क तालिकामा तेस्रो स्थानमा रहेको छ ।

Back to top