×

पर्सा २२ मंसिर । पर्सामा आजदेखि ९ दिने श्री सहशत्र चण्डी महायज्ञ सुरु भएको छ । 

जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर ४ स्थित वंजारीको छिपहरमाई मन्दिर प्रांगणमा आयोजित महायज्ञको पर्साका प्रमुख जिल्ला अधिकारि उमेश कुमार ढकालले आज एक कार्यक्रम बीच उद्घाटन गरेका छन् । 

प्रजीअ ढकालले महायज्ञको पहिलो दिन आयोजित जलयात्रा कार्यक्रमलाई विधिवत रुपमा पूजापाठ गरेर उद्घाटन गरेका हुन् । 

उदघाटन कार्यक्रममा ढकालले विश्वमा फैलिरहेको कोरोनाभाइरस लगायात विभिन्न रोगलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण रुपले अपनाएर पूजा गर्न श्रद्धालुहरुलाई आग्रह गरेका थिए । उनले महायज्ञमा शान्ति सुरक्षालाई मध्यनजर गरि आपसी भाइचारलाई समेत ध्यान दिन आग्रह गरेका गरेका थिए।  

ढकालले  महायज्ञलाई पूर्णरुपले सफल पार्न छिपहरमाई माताको मन्दिरमा समेत पूजा गरेका थिए । 

९ दिनसम्म जारी रहने महायज्ञको जलयात्रामा १६ सय ५१ वटा अविवाहित कन्याहरुको सहभागिता रहेको महायज्ञका अध्यक्ष एवम् पूर्व गाविस अध्यक्ष रामेश्वर महतोले जनाएका छन्  । 

महायज्ञ स्थलबाट सुरु भएको जलयात्रामा बाजा गाजासहित बंजारी भिस्वा भएर भारतको सिकटा, मिलपर्सा, सडकिया टोला हुँदै बुढगाई जयमंगलापुर नजिकै रहेको  उतरबाहिनी ओरियामा जल भरी   तुल्सिवर्वा गाउँ हुँदै पुन: महायज्ञ स्थानमा फर्केको अध्यक्ष महतोले जानकारी दिए । 

यज्ञमा  नेपाल भारतका विभिन्न स्थानबाट श्रद्धालु, अचार्य, पण्डितहरुले सहभागिता जनाउने महतोले बताए । यसमा ५१ जना श्रद्धालु बेदीमा पनि बसेका छन । 

त्यस्तै महायज्ञमा  प्रबचनकर्ता, रामलिला  र नेपाल भारतका गायकहरुका लागि नि:शुल्क खाने र बस्ने व्यवस्था समेत गरिएको छ । महायज्ञ स्थल नजिकै  विभिन्न किसिमका खाने परिकारका स्टल, मनोरंजनात्मक झुलवाको पनि व्यवस्था गरिएको छ ।

उदघाटन कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजेन्द्र खडका, जगरनाथपुर गाउँपालिकाका अधयक्ष जालिम मियाँ, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता, धोबिनी गाउँपालिका उपाध्यक्ष पारसनाथ प्रसाद कुर्मी, ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक दिपक थापा, विओपी भिशुवाका सशस्त्र प्रहरी निरिक्षक राजेश्वर साह, जसपाका नेता ईगसन साह कलवार, नेपाली काँग्रेसका युवा नेता दिपेन्द्र सिंह, गायक अनिल बर्मा, नेता जिर्जोधन पाण्डे, महायज्ञ समितिका कोषाध्यक्ष जितेन्द्र बर्मा, वडाध्यक्ष रामबालक गदी, गनेश यादव, लालबहादुर यादव, सुनिल बर्मालगायतले शुभकामना मन्तव्य दिएका थिए ।

Back to top