×

पर्सा, २१ पुष । पर्सामा सशस्त्र प्रहरीले जनताको सुरक्षासँगै सेवाको काम पनि थालनी गरेको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरले चौक ग्रामिण क्षेत्रका विभिन्न स्थानमा दाउरबाट आगो बालेर सुरक्षा प्रदान सँगसँगै जनसेवाको काम पनि सुरु गरेको हो ।

तराई-मधेसका जिल्लाहरुमा ह्वातै बढेको चिसो र शितलहरका कारण जनजीवन प्रभावित भएको छ । एक साता अगाडीदेखि बढेको चिसोका कारण कसैको पनि स्वास्थ्यमा प्रतिकुल असर नपरोस भन्ने उद्देश्यले शसस्त्र प्रहरी आउट पोस्ट भिखमपुरका प्रहरी निरीक्षक निरन्जन कार्कीको नेतृत्वमा खटेको टोलीले दाउर बाल्ने कार्य सुरु गरेको छ । 

सशस्त्र प्रहरीले ग्रामिण क्षेत्रका जानकीटोला, भिखमपुर, लक्ष्मीपुर, पाण्डेपुर लगायत अन्य कयौँ स्थानमा दाउर बालेर चिसोबाट राहत पुर्याउने प्रयास गरेको छ । प्रहरी निरीक्षक कार्कीले सुरु गरेको यस मानवीय कार्यका लागि उन स्थानीयका लागि धन्यवादको पात्र पनि बनेका छन् ।

कार्की आफै गाउँगाउँमा पुगेर दाउर बाल्दै स्थानीयहरुलाई शितलहर र चिसोबाट जोगिने उपायका बारेमा समेत अभिमुखीकरण गर्दै हिडेका छन् । 

उनले चिसोबाट बढी बालबालिका, वृद्धि, गर्भवती र सुत्केरी महिलाहरु प्रभावित हुने भएकाले उनीहरुको बढी ख्याल गर्न सुझावपनि दिएका छन् ।

Back to top