×

पोखरिया, ६ बैशाख । पोखरिया जिल्ला अस्पतालमा क्षयरोग जाच्ने जिनएक्स्पर्ट मेसिन जडान भएको छ ।

पर्साको पोखरिया नगरपालिकास्थित जिल्ला अस्पतालमा प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयको सहयोगमा जिनएक्स्पर्ट मेसिन जडान गरिएको हो ।

जिनएक्स्पर्ट मेसिनबाट शरीरमा क्षयरोगको ब्याक्टेरियाको उपस्थिति पत्ता लगाउन आणविक परिक्षण गरिन्छ । मेसिन जडान भएपछि विद्युतीय माध्यमबाट छोट समयमा अब क्षयरोगको परिक्षण गर्न सकिने अस्पतालका चिकित्सकहरुले विश्वास व्यक्त गरेका छन् ।

मेसिन जडान भएपछि क्षयरोग परिक्षणका लागि पर्साको ग्रामिण भेगका जनतालाई वीरगञ्ज पुग्नुपर्ने बाध्यताको समेत अन्त हुने चिकित्सकहरुले बताए । 

मेसिनको आज प्रदेश स्वास्थ्य प्रयोगशाला निर्देशक श्रवण मिश्राले उदघाटन गरेका छन् ।  

उदघाटन कार्यक्रममा पोखरिया नगरप्रमुख दिपनारायण रौनियार, उपमेयर सल्मा खातुन, पोखरिया अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सञ्जय गुप्ता, पोखरिया नगरपालिका प्रमुख प्रसाशकिय अधिकृत अमित गिरि, जसपा केन्द्रीय सदस्य नेजामुद्दिन समानी, वाडअधयक्ष लक्षमण साह कानु, बिना देबी बैठालगायत को सहभागिता रहेको थियो ।

Back to top