×

वीरगञ्ज, ६ चैत ।   पर्साको छिपहरमाई गाउँपालिकास्थित ओरिया खोलामा पुलको शिलान्यास गरिएको छ । 

गाउँपालिकाको वडा न. ३ जयमंगलापुर र  वडा न. ४ तुल्सिवर्वा जोड्ने ओरिया खोलामा ३ करोड २९ लाखको लागतमा निर्माण हुने पुलको आज एक कार्यक्रमका बिच जयमंगलापुरका पुर्व गाविस अध्यक्ष गौरिशंकर साह कानुले शिलान्यास गरेका हुन् । 

पुलको शिलान्यास गर्दै पूर्व अध्यक्ष कानुले ओरिया खोलामा पक्की पुल निर्माण सम्पन्न भएसँगै सो क्षेत्रका स्थानीयहरुलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे । उक्त पुल निर्माणको ठेक्का नागार्जुन बिनोद साह जेभीले २०७९ सालको फागुनसम्म सम्पन्न गर्ने गरी सकारेको गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले जानकारी दिए । 

शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मोदिना खातुन, प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह, समसुल मियाँ, वडा अध्यक्ष बिनोद साह कानु, रामबालक राउत, मोजिलाल साह, राजबली यादब, महेन्द्र साह कलवार, जिल्ला समन्व समिति पर्साका सदस्य सुवास साह, ज्ञानबहादुर साह लगायतको उपस्थिती रहेको थियो । 
 

Back to top