×

पर्सा । प्रहरीले पर्साको ग्रामिण नाकाबाट तस्करी गर्न लागिएको भारी मात्रामा अवैध लागूऔषध गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले छिपहरमाई गाउँपालिका वडा नम्बर ५ मा रहेको वडा कार्यालय नजिकैबाट भारत लग्न तयारी गरिरहेको अवस्थामा अन्दाजी १२ किलोग्राम लागूऔषध गाँजासहित एक पुरुषलाई पक्राउ गरेको हो । 

प्रहरी चौकी भिस्वाका सई प्रेम मिश्राको कमाण्डमा खटेको प्रहरी टोलीले धोविनी गाउँपालिका वडा नम्बर ५ धोविनी निवासी समुसुल मियाँलाई गाँजासहित पक्राउ गरेको ज्नाइएको छ ।

मियाँले भिस्वा चौकबाट दक्षिणमा पर्ने भारततर्फ साइकलको पछाडी बोरामा राखेर गाँजा लागिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको थियो । 

बरामद गरिएको गाँजा र मियाँलाई थप् कारवाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया बुझाइएको सई मिश्राले बताए ।

Back to top