×

वीरगञ्ज । सार्वजनिक जग्गामा अवैध तरिकाले लगाइएको लागूऔषध गाँजा खेति प्रहरीले नष्ट गरेको छ ।

इलाका प्रहरी कर्यालय पटेर्वा सुगौली, ईलाका प्रहरी कार्यालय सेढवा र प्रहरी चौकी महादेपट्टिबाट संयुक्त रुपमा खटेको प्रहरी टोलीले पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५ को शंकर सरैयामा लगाइएको गाँजा खेति नष्ट गरेको हो ।

शंकर सरैयाको खानी खोला र त्यहीको सार्वजनिक ३ कठा ११ धुर जग्गामा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

प्रहरीले स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीलगायतको उपस्थितिमा गाँजा नष्ट गरेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाले बताए । 

फडानी गरिएको गाँजा कसको हो भन्ने बारे अनुसन्धान भइरहेको थापाले बताए ।

Back to top