परवानीपुर । परवानीपुर गाउँपालिकाले बजार व्यवस्थापन, उपभोक्ता हित संरक्षण तथा व्यवसायिक गतिविधिलाई व्यवस्थित बनाउन बजार अनुगमन गरेको छ।
गाउँपालिका अध्यक्ष रामक्षेत्री प्रमोद कुर्मी को नेतृत्व प्रमोद अनुगमनमा जिल्ला सुगन्धीदेवी कानुइन, प्रमुख अधिकारी मुन्ना साह रौनियार, स्वास्थ्य शाखा प्रमुख जयकृष्ण मिश्र, राजस्व शाखा प्रमुख कृष्णप्रसाद यादव, प्रशासन शाखा ललक्ष्मी बादल, सूचना प्रविधि शाखा प्रमुख रवि जयस्वाल गाउँ तथा प्रहरी प्रमुख महानन्द कुर्मी सहित गाउँ प्रहरीको टोली सहभागी रहेको थियो।
अनुगमनका क्रममा बजार क्षेत्रमा सञ्चालन भइरहेका विभिन्न व्यापारिक प्रतिष्ठानहरूको निरीक्षण गरिएको थियो। व्यवसाय दर्ता, मूल्यसूची, सरसफाइको अवस्था, खाद्य वस्तुको गुणस्तर तथा उपभोक्तासम्बन्धी मापदण्डहरूको पालना भए–नभएको विषयमा समेत अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने, बजारलाई व्यवस्थित बनाउने र व्यवसायीहरूलाई प्रचलित कानुन तथा मापदण्डको पालना गराउन यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।
स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त सहभागितामा गरिएको अनुगमनले बजारमा अनुशासन कायम गर्न र उपभोक्ताको अधिकार संरक्षणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।