×

वीरगञ्ज २८ असोज । पर्सा र बारामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा गएराति १९२ जनाको थ्रोट स्वाबको परिक्षणको नतिजा आउँदा पर्सामा २१ र बारामा १६ जना कोरोना संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पर्साका १५८ र बाराका ३४ जनाको परिक्षण गरिएको थियो ।

पर्सामा संक्रमण पुष्टि भएकामध्ये अधिकतम वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा चार, वडा नम्बर ४, १५ मा दुई/दुई जना, वडा नामबार ७, ११, १४, १८ र २२ नम्बर वडामा एक/एक जना र वडा खुल्न नसकेको ४ जनामा संक्रमण देखिएको डाक्टर चौरसियाले बताए ।

उनले वीरगञ्जमा थपिएका संक्रमितमध्ये ३ जना नेपाली सेनामा कार्यरत जवान रहेको जानकारी दिए । त्यस्तै पर्साको पोखरिया नगरपालिका वडा नम्बर २ मा तिन र वडा नम्बर ५ मा एक जना संक्रमित थपिएका छन् ।

उता बारा जिल्लाको कलैयास्थित मालपोत कार्यालयमा ११ जनासहित थप १४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

Back to top