×

वीरगञ्ज २९ असोज । जिल्ला प्रशासन कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताले मालपोत कार्यालय पर्सामा छापामारी गरेको छ ।

कार्यालयको निर्धारित समय सकिएपनि केही बाहिरी व्यक्तिको उपस्थितिमा कार्यलय सञ्चालन गरेर गैरकानुनी ढंगबाट अवैध काम गरिरहेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय पर्साबाट प्रहरी सहित मालोपोत कार्यालय पुगेको टोलीले छापामारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवासतवको नेतृत्वमा गएको टोलीले मालपोत कार्यालयको समय सकिएपनि लुकिछिपी अन्य बाहिरका व्यक्तिहरूको उपस्थितिमा काम गरिरहेको अवस्थामा कर्मचारीलाई फेला पारेपछि छापामारी गरेको छ ।

छापामारी गर्दा टोलीले मालपोत कार्यालयका निमित्त प्रमुख सुमन कुमार झा सहित अन्य ६ कर्मचारी र बाहिरिया केही व्यक्तिलाई समेत प्रकाउ गरेको श्रोतले जनाएको छ ।

उनीहरुलाई पक्राउ गरेर वडा प्रहरी कार्यालय विर्तामा राखिएको श्रोतले यात्रा डेलिलाई जानकारी दिएको छ । छापामारी गर्ने टोलीले कार्यालयबाट केही कागजातहरू समेत जफत गरेको छ ।

राति ८ बजे सम्म कार्यालयमा बसेर काम गरेको हुनाले रातको समयमा भएको कामको बारेमा छापा मार्न गएको टेलीले कार्यलय प्रमुख सहित कर्मचारी सँग सनाखत गराएको स्रोतले जनाएको छ । यस बिषयमा थप जानकारी आउन बाँकी छ ।

छापामारी गर्ने टोलीमा वडा प्रहरी कार्यालयका विर्ताका प्रहरी निरिक्षक राजेशराज पुरी लगायतको समेत सहभागिता रहेको थियो ।

 

Back to top