वीरगंज २७ असोज । पर्सामा व्यवसाय नै सञ्चालन गर्न नसक्ने भन्दै व्यवसायी पुराना १ हजार ६ सय ९३ वटा फर्म बन्द भएका छन् ।
पर्सामा आन्तरिक राजस्व कार्यालयका अनुसार घाटा लागेर व्यवसाय नै सञ्चालन गर्न नसक्ने भन्दै व्यवसायी धमाधम फर्म बन्द गराएका छन ।
आन्तरिक राजस्व कार्यालय वीरगंजमा गत आर्थिक वर्ष २०७६, ७७ मा १६ भ्याटतर्फ १ हजार ४० र आयकरतर्फ ६ सय ५३ जना करदाताले व्यवसायमा घाटा लाग्यो भनेर फर्म बन्द गराएका छन्,’
नयाँ दर्ताको अवस्था निराश हुनुपर्ने नभए पनि पुराना फर्म धमाधम बन्द हुनुले व्यवसायिक कारोबारको संरचना फेरिएको देखाएको छ ।
’नयाँ फर्म दर्ताका तुलनामा व्यक्तिगत प्यान लिनेहरू बढेका छन् ।’ गत आवको असारसम्म पर्सामा भ्याटतर्फ ९ हजार २ सय ९०, डब्लुप्यानतर्फ १ सय ३६, अन्तःशुल्कतर्फ १ हजार ४ सय ४, आयकरतर्फ ३१ हजार ३ सय ५१ र व्यक्तिगत प्यानतर्फ ४८ हजार ७ सय ७९ जना करदाता रहेको तथ्यांक रहेको कार्यालयका सूचना अधिकारी हृदयनारायण महतोले बताएका छन ।
आन्तरिक राजस्व कार्यालय वीरगंजमा चालु आवको साउन र भदौ महिनामा १ हजार ३ सय ६ वटा नयाँ फर्म थपिएका छन् । चालू आवको सोही अवधिमा भ्याटतर्फ ५२, डब्लुप्यान (सरकारी कार्यालय) तर्फ ६२, अन्तःशुल्कतर्फ ९, आयकरतर्फ १ सय ४५, व्यक्तिगत प्यानकार्डतर्फ १ हजार ३८ गरी १३ सय ६ जना नयाँ करदाता थपिएको सूचना अधिकारी महतोले बताएका छन ।