वीरगञ्ज । यतिखेर काठमाडौँ उपत्यकासहित ११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु (एच 5 एन1) संक्रमण देखि सकेको छ। बर्डफ्लुका कारणकुखुरा लगायत पन्छीहरूको मासु खान हुन्छ हुन्छ हुँदैन भन्ने प्रश्न उठ्न थालेको छ।
बर्डफ्लु भनेको के हो?
बर्ड फ्लु भनेको पन्छीहरूमा लाग्ने इन्फ्लुएन्जा भाइरसबाट हुने संक्रामक रोग हो। कहिलेकाहीँ संक्रमित पक्षीसँग प्रत्यक्ष सम्पर्कमा आएका मानिसमा पनि यो संक्रमण सर्न सक्छ। तर व्यक्ति–व्यक्तिबीच सजिलै सर्दैन।
मानिसमा कसरी सर्न सक्छ?
संक्रमित वा मरेका पक्षीसँग प्रत्यक्ष सम्पर्क हुँदा संक्रमण सर्न सक्छ, जस्तै–
संक्रमित पक्षीलाई छुँदा वा समात्दा।
पक्षीको दिसा, सिंगानसँग सम्पर्क हुँदा।
संक्रमित पक्षी रहेको स्थान सफा गर्दा।
मरेको पक्षीको मासु खाँदा।
मानिसमा बर्ड फ्लु संक्रमण हुदाँ देखिने लक्षण
ज्वरो आउने।
खोकी लाग्ने।
घाँटी दुख्ने।
सास फेर्न गाह्रो हुने।
शरीर तथा मांसपेशी दुख्ने।
अत्यधिक थकान महशुस हुने।
वाकवाकी, बान्ता वा पखाला हुन सक्ने।
बर्डफ्लु लागेको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ?
यदि कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर खाइन्छ भने सामान्यतया सुरक्षित हुन्छ।
मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाने।
काँचो वा आधा पाकेको मासु तथा अण्डा खानु हुँदैन।
यस्तै बिरामी वा मरेका कुखुराको मासु नखाने।
मासु सुरक्षित रूपमा कसरी पकाउने?
काँचो मासु छोएपछि साबुनपानीले हात धुने।
काँचो मासु काट्ने चक्कु, चुलेसी, चपिङ बोर्ड र भाँडा राम्ररी सफा गर्ने।
काँचो मासुलाई अन्य खानेकुराबाट छुट्टै राख्ने।
मासु राम्रोसँग पाकेको सुनिश्चित गरेर मात्र खाने।
स्रोत : राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र