×

वीरगन्ज २६ असोज । कोरोना नियन्त्रणका लागि ११ चैतदेखि गरिएको लकडाउन र निषेधाज्ञाका कारण नेपालबाट सामान किन्नकै लागि भारत जान रोक छ । तैपनि सीमापारिको बजारमा वीरगन्ज आसपासका बासिन्दा सजिलै पुग्न सक्छन ।

घरायसी सामग्री सस्तो भएकाले रक्सौल पुग्ने गरेको वीरगन्ज माईस्थानका दिपक सर्राफ बताउँछन । दाल, चिनी, तेल, नुन र विभिन्न मसला वीरगन्जभन्दा रक्सौलमा सस्तो पर्छ । असोज पहिलो सातादेखि अत्यावश्यक घरायसी सामान खरिद गर्न रक्सौल पुग्नेहरू बढेका छन ।

नाकामा तैनाथ सुरक्षाकर्मीले पनि कामको प्रकृति हेरी आउजाउ गर्न दिइरहेका छन । वीरगन्ज शंकराचार्य गेटअगाडि पसल चलाएर बसेकी सुक्देव महतोका अनुसार मुख्य रोडमा रोक भएपछि खेतको बाटो प्रयोग गरेर भारतीय बजारमा पुग्ने बढेका छन ।

कोरोना संक्रमण बढ्दै गएपछि नेपाल र भारतले सीमा सिल गरिएको छ । दुवै मुलुकमा संक्रमण दर तीव्र गतिमा उकालो लागिरहँदा अहिले पनि मुख्य सीमामा कडाइ जारी छ । तर, वीरगन्जबाट भारतीय बजारमा किनमेल गर्न जाने तथा भारतबाट कामको खोजीमा वीरगन्ज भित्रिनेहरू खुला सिमानाबाट बेरोकटोक आउजाउ गरिरहेकै छन्न ।

वीरगन्ज मुख्य प्रवेश बिन्दुमा कडाइ कायम छ, तर खुला सिमानाबाट सुरक्षाकर्मीको आँखा छल्दै लस्कर बाँधेरै आउजाउ भइरहेको छ । भारतीय बजारमा किनमेल गरेर फर्कनेहरूलाई नियन्त्रणमा लिएर १४ दिन क्वारेन्टाइनमा राख्ने स्थानीय प्रशासनको चेतावनीले पनि यस्तो लस्कर रोकिएको छैन ।

जब कि, ‘कोभिड इन्डिया डट ओआरजी’को तथ्यांकलाई आधार मान्ने हो भने भारतका बिहार कोरोना संक्रमण अत्यधिक फैलिएका राज्यमध्येमा पर्छन्न । सीमा क्षेत्रका बासिन्दा तिनै भारतीय राज्यका बजारमा किनमेलका लागि गइरहेका छन । तिनै बजारबाट अवैध बाटो सामान पनि भित्र्याइरहेका छन ।

सिमानामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी तैनाथ छन । दसैँका लागि सामान किनमेल गर्न जाने स्थानीय बासिन्दाले उनीहरूलाई टेर्दैनन्, हुल बाँधेर सामानको भारी बोक्दै आउजाउ गरिरहेकै छन । तीमध्ये अधिकांशले मास्कसमेत लगाउँदैन्न । भारतीय सुरक्षाकर्मीले आफ्नो भूमिमा प्रवेश गर्न अवरोध गर्दैनन ।

Back to top