×

वीरगन्ज २५ असोज । दसैं नजिकिएसँगै तरकारीको मूल्य उच्च दरमा बढ्न थालेको छ यो मूल्य दिपावली छठ सम्म नघट्ने भए छ । इस्कुस बाहेक सबैजसो तरकारीको भाऊ बढेको छ । इस्कुसबाहेक प्रायः सबै तरकारीको मूल्य ‘तिन गुनाले भाउ बढेको छ ।

मिनाबजार बजारको थोक मूल्यलाई आधार मान्दा खुद्रा बजारमा प्रायः सबैजसो तरकारी प्रतिकिलो १०० रुपैयाँभन्दा माथि पुगेको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष बिदुरु गुप्ता बताउँछन् ।

यो वर्ष लकडाउनका कारण कृषकमा परेको मनोवैज्ञानिक त्रासको असर उत्पादनमा पनि परेको गुप्ताको तर्क छ ।

लकडाउनमा नेपाली तरकारीको उत्पादन नभएको र भारतबाट आएकाले महंगो भएको व्यवसायीहरुले तर्क गरे पनि चाडबाडका बेला मनोमानी भाऊ बढाइएको हुन सक्ने उपभोक्ताको गुनासो छ ।

दिपावली छठ सम्म तरकारीको मूल्य घट्ने अवस्था नरहेको बताउँदै गुप्ता भन्छन् ‘दशैंअघि मूल्य घट्ने अवस्था छैन, अब विस्तारै उपत्याकाका टनेलका उत्पादन आउन थाल्छन्, तराईको गाउँबाट पनि उत्पादन आउन थाल्छ, त्यसपछि मात्रै तरकारी सस्तो हुन्छ ।’

Back to top