×

वीरगञ्ज — वीरगञ्जका एमविविएस डाक्टरहरुको समुह मेडिकल अफिसरहरुले ५ बुँदे मागसहित सरोकारवालालाई ७ दिने अल्टिमेटम दिएका छन् ।

विगतदेखी नै अत्यन्तै कम पारिश्रमिकमा काम गर्दै आएका एमविविएस डाक्टरहरुले विभिन्न ५ बुदे माग राख्दै जिल्ला प्रशासन कार्यालय पर्सा, नेपाल चिकित्सक संघ सहित वीरगञ्जका सम्पुर्ण निजि अस्पतालहरुलाई ध्यानाकर्षण गराएका हुन् ।

लगभग १ सय ५० जना एमबिबिएस डाक्टरहरुले न्युनतम ६५ हजार तलब पाउनुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जिवन बिमा गर्नुपर्ने, अस्पतालमा काम गर्दा क्वारेन्टाईनमा अस्पतालले नै सुविधा दिनुपर्ने, विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) उपलब्ध गराउनुपर्ने, कार्यअवधिमा कोरोना संक्रमण भएमा अस्पतालबाट निशुल्क उपचार पाउनुपर्ने लगायतका मागसहित ७ दिने अल्टिमेटम दिएका हुन् ।

निश्चित समयावधिभित्र पनि मागको सुनुवाई नभए काम ठप्प पार्ने पनि उनिहरुले चेतावनी दिएका छन् । ज्ञापन पत्र बुझाउने टोलिमा एमविविएस डाक्टरहरु सरोज साह, विवेक यादब, उमेश सर्राफ, सन्तोष यादब, सुरेन्द्र यादब, कृष्णा अधिकारी, अजय साह, रमेश महतो, अनुपम उपाध्याय लगायतको सहभागिता रहेको डा. रामएकवाल रायले जानकारी दिनुभयो ।

No description available.

Back to top