वीरगञ्ज २१ श्रावन । ब्लड डोनर्स एशोसिएशन पर्साका सचिव एवं नेकपा पर्साका नेता अरविन्द सिंहलाई स्वास्थ्य उपचारको लागि काठमाडौं लगिएको छ।
डेढ सातादेखि निमोनियाबाट पीडित उनलाई श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारको लागि बुधवार दिउँसो हेलिकप्टरबाट काठमाडौं लगिएको हो । नेता सिंहको मङ्गलवार पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।
गण्डक कोभिड अस्पतालमा उनको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि प्रभु अस्पतालमा मङ्गलवार राति भर्ना गरिएको थियो । आज उनलाई श्वासप्रश्वासमा धेरै समस्या भएपछि उपचारको लागि काठमाडौं पठाइएको हो ।