×

वीरगञ्ज, ६ मंसिर । लोकप्रिय सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । चितवनबाट काठमाडौँ जाने क्रममा माइक्रोबस ट्रकमा ठोक्किदा ३५ वर्षीय विश्वकर्माको निधन भएको हो ।

चितवनको सुन्दरवस्तीबाट नारायणघाटतर्फ जाँँदै गरेको  बा ४ ख ४१२ नम्बरको माइक्रो ना २ ख ८५२२ नम्बरको ट्रकमा ठोक्किएको चितवन प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । विश्वकर्मालाई अस्पताल लैजाने क्रममा बाटैमा निधन भएको पण्डितले बताए ।

चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता विश्वकर्मा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा जात व्यवस्था उन्मुलन मोर्चा नेपालका सचिव थिए । 

Back to top