वीरगञ्ज २१ श्रावन । सशस्त्र प्रहरीले ३५ किलो अवैध लागुऔषध चरेश बरामद गरेको छ ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ झखरा मसियानी टोलबाट आज बिहान ४ बजे सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाको टोलीले सो परिमाणको चरेश बरामद गरेको हो ।
निषेधाज्ञाको मौका छोपी तस्करहरुको बिगबिगी भएको भन्ने विशेष सुराकीको आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले चरेश बरामद गरेको हो ।
७० वटा पकेटमा राखेर तस्करी गर्न लागिएको अवस्थामा चरेश बरामद भएको छ । तस्करहरु भने भाग्न सफल भएका छन् ।
सो परिमाणको चरेश स्थानिय जनप्रतिनिधी र पत्रकारहरुको रोहवरमा सार्वजनिक गरिएको सशस्त्र प्रहरी पोखरियाका प्रहरी निरिक्षक हरित बढुवालले बताए ।'