वीरगञ्ज २१ श्रावन । जीतपुरसिमरा उपमहानगरपालिकाको कोरोना विशेष अस्पतालमा गरिएको पिसिआर परिक्षणमा चार जनामा कोरोना पोजेटिभ देखिएको छ ।
कोरोना पोजेटिभ देखिनेमा उपहानगरपालिकाको एक जना स्वास्थ्य अधिकृत, सशस्त्र प्रहरी कार्यालय पथलैयाका जवान दुई जना र संक्रमतिको सम्पर्कमा आएका छातापिपराका एक जना गरी चार जनामा कोरोना पोजेटिभ देखिएको कोरोना विशेष अस्थाई अस्पताल सिमराका डा.दिपक गिरीले जानकारी दिए ।
श्रावन १८ सङ्कलन गरिएको ६६ जनाको स्वाब प्रदेश नं. ३ को हेटौडाको प्रयोगशालामा परिक्षण गरिएको थियो । जसमा चार जनामा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै, श्रावन १६ गते १ सय ५० जनाको स्वाब सङ्कलन गरिएको छ । जसमा उप-महानगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र कन्ट्याक्ट ट्रेसिङगमा परेका सर्वसधारणहरु रहेका छन् ।
सङ्कलन गरिएको स्वाब नारायाणी अस्पताल वीरगञ्जको प्रयोगशालामा पठाईएको छ । जसको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत जितन ठाकुरले जानकारी दिए । योसँगै जीतपुरसिमरा उपमहानगरपालिकामा कोरोना भाईरस संंक्रमितको सङ्ख्या २० पुगेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकामा स्वाब सङ्कलन भई परिक्षणको क्रममा रहेको रिपोर्टले संख्या बृद्धि गर्नेतर्फ नारायणी अस्पतालको प्रयोगशालाले संकेत गरेको छ । यसैक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले अतिआवश्यक काम बाहेक सम्पुर्ण सेवाहरु एउटा सूचना निकालेर बन्द गरिदिएको छ ।
यसैगरी, वीरगञ्जको नारायणी अस्पतालमा भएको परिक्षणमा दुई जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले जानकारी दिएका छन । संक्रमित हुनेहरुमा कलैया उपमहानगरपालिका वडा नम्बर ४ बस्ने पर्सा घर भएका २९ बर्षिय एक पुरुष र फेटा गाउँपालिका वडा नमबर ४ निवासी २८ बर्षिय युवकमा संक्रमण पुष्टि भएको प्रमुख यादवले बताए ।
संक्रमितहरुलाई कलैया उपमहानगरपालिका वडा नम्बर ३ शैक्षिक तालिक केन्द्र गंगापुरको आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । उनीहरुको परिवार र सम्पर्कमा आएको ब्यतिmहरुको खोजतलास भईरहेको मिश्रले जनाए ।