×

वीरगञ्ज २१ श्रावन । साहिब दरबार सेवा संस्थानले पर्सामा लागेको निषेधाज्ञाका कारण छाक टार्न समस्यामा परेका व्यक्तिहरुकालागि पुन: भोजन शिविर सुरु गरेको छ ।

पर्सामा कोरोनाभाइरस सङ्क्रमण समुदाय स्तरमा फैलीएपछि स्थानीय प्रशासनले लागु गरेको निषेधाज्ञाको आज ११ औं दिन हो । विगत ११ दिनदेखि लागेको निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरेर खाने, रिक्साचालक, ठेला चालकलगायतलाई हात मुख जोड्न समस्या भएपछि साहिब दरबार सेवा संस्थानले विभिन्न परोपकारी संघ संस्थाहरुको सहयोगमा दोस्रो पटक भोजन शिविर सुरु गरेक हो ।

'जटिल वैश्विक याे काेराेना महामारी, नि:शुल्क भाेजन हाम्रो जिम्मेवारी' मुल मन्त्रका साथ संस्थाले बुधबारदेखि दोस्रो चरणको भोजन शिविर सुरु गरेको संस्थाका अध्यक्ष राजेशमान सिंहले बताए ।

संस्थाले यसअघि सरकारले घोषणा गरेको लकडाउनमा लगातार ३ महिनाका लागि दैनिक भाेजन शिविर सञ्चालन गरेको थियो । बुधबार सञ्चालित शिविरक पहिलो दिन राजेश सिंह, रूपेश मान सिंह, अफरोज आलम, राहुल तुल्स्यान, किशोर सिंह, विक्रम ठकुरी, कलाम मंसूरी, मनिष ठकुरीलगायतले सेवा प्रदान गरेका थिए ।

Back to top