×

वीरगञ्ज २१ श्रावन । वीरगञ्ज कारागार जेलर (कारागार प्रमुख) मा पनि कोरोना भाइरसकाे संक्रमण देखिएको छ। वीरगञ्ज कारागारका जेलर श्रवण पोखरेलले दोस्राे पटक परीक्षण गराउँदा संक्रमण देखिएको हो ।

जेलर पोखरेलको फेसबुक पेजमार्फत आफूमा पनि संक्रमण देखिएको आज बुधबार जानकारी गराएका छन्। ‘कोरोनाको हटस्पट वीरगञ्जमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा मैले आफूलाई कोरोनाबाट जोगाउन सकिनँ। अहिलेसम्म कुनै लक्षण भने देखिएको छैन। आजैबाट मैले आफूलाई अफिसमै आइसोलेसनमा राखेको जानकारी गराउँदछु,' उनले आफ्नो फेसबुकमा लेखेका छन्।

पर्सा जिल्लामा समुदाय स्तरमै संक्रमण फैलिएको खबर आउँन थालेपछि श्रावन १२ गते जेलरसहित कारागारका परिसरमा दीर्घरोगी, जेष्ठ कैदी १२ जना, अग्रपंक्तिमा रहेर कार्य गर्ने ड्राइभर, कर्मचारी, सुरक्षाकर्मी गरी २२ जनाको स्वाब संकलन भएको थियो।

श्रावन १४ गते गरिएको २२ जनाको परीक्षणमा ८ जना कैदीबन्दी, २ जना कारागारमा परिसरमा काम गर्ने कर्मचारी र परिसरमा खटिएका तीनजना प्रहरीमा संक्रमण देखिएको थियो । बाँकी जेलरसहित अन्यको परीक्षणमा नेगेटिभ नतिजा आएको यिथो । कारागारका १३ जना संक्रमितको सम्पर्कमा आएका जेलरसहित १ सय १८ जनाको कन्ट्याक्ट ट्रेसिङ गरी श्रावन १९ गते स्वाब संकलन गरिएको हो ।

कन्ट्याक ट्रेसिङका आधारमा कारागारभित्रमा ५५ पुरुष ९ कैदीबन्दी, ३१ जना नेपाली सेना, ७ जना जनपद प्रहरी, १५ जना कारागार कर्मचारी र १ जना बालकको स्वाब संकलन गरिएको जेलर पोखरेलले बताए । उनले भने, '१ सय १८ जनामध्ये मेरो आज बुधबार रिपोर्ट पोजेटिभ आएको छ बाँकी अन्यको भाेलि बिहानसम्म आउँछ ।'

Back to top