वीरगञ्ज २१ श्रावन । पर्सा जिल्लामा समुदायस्तरमै कोरोना भाइरसको संक्रमण फैलिएपनि सरोकारवाला गम्भिर नभएको भन्दै बहुदरमाई नगरपालिकाका स्थानीय युवाहरुले जनाएका छन् ।
वीरगञ्ज महानगरपालिकामा पछिल्लो समयमा “एक घर एक पिसिआर” परिक्षण भइरहेपनि ग्रामिण क्षेत्रमा भने अँझै परिक्षण शुरु नहुँदा संक्रमण झनै फैलिएको बताउँदै स्थाननिय युवाहरुले आरोप लगाएका छन् । ग्रामिण क्षेत्रमा पनि परिक्षणलाई तिब्रता दिन दबाब स्थानीय युवाहरु राकेश यादव, बद्री तिवारी, मनोज साहलगायत युवाहरुले नगरपालिका नगरप्रमुखलाई एसएमएस पठाउने अभियान शुरु गरेका छन् ।
गाउँपालिकामा पनि “एक घर एक पिसीआर परिक्षण” गर्नुपर्ने माग सहित युवाहरुले नगरप्रमुख नितेन्द्र साहलाईलाई एसएमएस मार्फत म्यासेज पठाएका छन् ।