×

वीरगञ्ज ७ श्रावन । पर्सामा थप ९ व्यक्तिमा कोरोना संक्रमणको पुष्टि पुष्टि भएको छ । विभिन्न स्थानबाट नेपाल फर्केका व्यक्तिहरुको स्वाब परिक्षण गर्दा थप ९ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार ९ जनामा संक्रमणकाे पुष्टि भएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए । मंगलबार थपिएका संक्रमितमा पर्सा स्थायी ठेगाना भएका तथा अन्य जिल्ला स्थायी ठेगाना भएर पर्सामा विभिन्न पेशा, व्यवसाय गरि आएका गरी कूल ९ जना रहेका छन् ।

स्वेच्छाले चेकजाँच गराएका उनीहरूकाे ट्राभल हिस्ट्री नभएकाेले निकै गम्भिर बन्नुपर्ने अवस्था सृजना भएकाे सहायक प्रजिअ बस्नेतले बताए ।

Back to top