वीरगञ्ज ६ श्रावन । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रि जितेन्द्र सोनलको नेतृत्वमा प्रदेशका विभिन्न जिल्लाका बाढी प्रभावित क्षेत्रको अनुगमन शुरु गरेको छ ।
प्रदेश सरकारद्वारा मन्त्रि सोनलको संयोजकत्वमा गठित विपद् व्यवस्थापन तथा अनुगमन समितिद्वारा सिरहास्थित कमला नदी, घुर्मी नदी, बतहा नदी, बलान नदी, गागन नदी लगायत अन्य नदीहरुमा आएको बाढीले गरेको कटान र डुबानले गरेको क्षतिको अध्ययन तथा अनुगमन गरिएको छ ।
अनुगमन गर्दै मन्त्रि सोनलले बाढी प्रभावित क्षेत्रहरुमा प्रदेश सरकारले उद्दार र राहतको कार्य सुरु गर्ने बताए । उनले बाढीको प्रभावलाई न्यूनीकरण गर्न प्रदेश सकारले आगामी दिनहरुमा विज्ञहरु मार्फत दिर्घकालिन योजना ल्याउँन गइरहेको जानकारी समेत गराए ।
मन्त्रि सोनलले प्रदेश सकरारले राहतका लागि प्रदेश सरकार पूर्ण रुपले त्यार रहेको र छिट्टै प्रभावित क्षेत्रमा राहत टोलि पुग्ने जानकारी गराए । उनले प्रदेशको आठवटै जिल्लामा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत अनुगमन गरी पीडित देखिनेलाई राहत उपलब्ध गराउने र अन्य मर्मत सम्भार जस्ता कामको लागि समितिले सरकारलाई सिफारिस गरिने बताए ।
अनुगमन टोलीमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, उद्योग, पर्यटन बन तथा वातावरणमन्त्री रामनरेश राय र विपद् व्यवस्थापन समिति सिरहाका संयोजक तथा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेललगायतको सहभागिता रहेको मन्त्रि सोनलका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए ।