वीरगंज, १० पुस । वीरगंजमा रहेको प्रभु अस्पतालको लापरवाहीको कारणले प्रसुती गराउन आएकी एक महिलाको मृत्यु भएको छ ।
मृतक अमृताको घर बाराको कलैयामा रहेको तर हाल उनी माइती वीरगंज महानगरपालिका वडा नं. ३ भगवती टोलमा बस्दै आएकी वर्ष ३० की अमृता श्रेष्ठ मंगलबारका दिन भर्ना भएकी थिइन् तथा मंगलबार नै अस्पतालको डा. लक्ष्मी थापाले उनको अप्रेसन गरी बच्चा जन्माएकी थिइन् भने बुधबार उनको अचानक पिसाबमा समस्या आएको तथा धडकन रोकिएको कारणले निजलाई अस्पतालले भेन्टिलेटरमा समेत राखेको थियो ।
भेन्टिलेटरमा राखेपनि निज अमृतको बुधबार अस्पतालमै मृत्यु भएको उनका आफन्तजनले जनाएका छन् ।
अस्पतालले सो दिन ३ जनाको अप्रेसन गरी बच्चा जन्माएको थियो भने एक जनाको अवस्था चिन्ताजनक भएपछि उसका आफन्तजनले रेफर गराई उपचारका लागि भरतपुर लगेका थिए ।
अमृताको आफन्तजनले अस्पतालको लापरवाहीको कारणले यस्तो घटना हुन गएको आरोप समेत लगाएका थिए ।