×

वीरगन्ज ७ श्रावण वीरगंज महानगरपालिकाले अबैध रुपमा कुखुरा व्यवयसायीलाई कर लगाएकोमा विरोध गरेको छ । पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरेर पर्साका कुखुरा व्यवयसायी संघले सरकारले कृषिमा विशेष छुट दिएको अवस्थामा महानगरपालिकाले प्रति कुखुरा २५ रुपैयाको दरले कर लगाएकोमा विरोध गरेको हो ।

संघका अध्यक्ष मुना चौरसियाले कुखुरा पालनमा सरकारबाट कुनै कर नलागेकोमा महानगरको बोर्ड बैठकले प्रति कुखुरा २५ का दरले कर लगाएपछि एक गाडी कुखुरा ढुवानीमा १२ हजार ५ सय अबैधानिक कर लिईरहेको आरोप लगाउनुभयो ।

पत्रकार सम्मेलनमा अध्यक्ष चौरसियाले पर्साको ग्रामिण क्षेत्रबाट कुखुरा खरिद गरेर वीरगंज ल्याउदा महानगरपालिकाले ठेक्का दिएको पृथ्वीतारा कन्स्ट्रक्सनले दादागिरी गरेर अबैध रुपमा प्रति गाडी १२ हजार ५ सयको दरले अबैध रुपमा कर लिएर आफुहरुलाई दुख दिएको आरोप लगाए ।

पृथ्वीतारा कन्स्ट्रक्सनले साउन ४ गते एउटा गाडीसंग ४ सय मात्र लिएको भएपनि २ दिनको फरकमा एउटा गाडीसंग जबर्जजस्ती रुपमा १२ हजार ५ सय लिएपछि मात्र गाडी छाडिएको कुखुरा व्यवसायीहरुले बताएका छन । यत वीरगंज महानगरपालिकाले कुुुनै पनि करमा चार गुनाले कर वडाएकााे छ । यस्ताेे छ करकाेे दायरा

पर्साका कुखुरा व्यवसायी संघले वीरगंज महानगरपालिकाले उक्त निर्णय नसच्याए आफुहरु कडा संघर्षमा उत्रने चेतावनी दिएका छन ।

 

Back to top