×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पुनः मेयर पदमा फर्केर काम गर्न पाउनुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र महेश शर्माको संयुक्त इजलासले रिटमाथि सुनुवाइ गर्दै खारेज गर्ने आदेश दिएको हो। अदालतको उक्त आदेशसँगै मेयर सिंहको निलम्बन यथावत् रहने भएको छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेशमान सिंहविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि प्रचलित कानुनी व्यवस्थाअनुसार उनी स्वतः निलम्बनमा परेका थिए।

निलम्बनपछि आफूलाई पुनः मेयरको हैसियतमा कार्यसम्पादन गर्न दिनुपर्ने मागसहित सिंहले सर्वोच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेका थिए। तर सर्वोच्च अदालतले उक्त मागलाई अस्वीकार गर्दै रिट खारेज गरेपछि उनी तत्कालका लागि मेयर पदमा फर्किने कानुनी बाटो बन्द भएको छ।

सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै विशेष अदालतमा विचाराधीन रहेको मुद्दाको अन्तिम टुंगो नलागेसम्म मेयर सिंहको निलम्बन कायम रहने भएको छ।

Back to top