×

वीरगञ्ज । सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँ तोकेको हो।

सोमबार सुन तोलाको २ लाख ८८ हजार ५ सय रुपैयाँ थियो।  त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १३५ रुपैयाँ घटेको छ। 

सोमबार प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३१० रुपैयाँ कायम भएको छ। 

Back to top