×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–६ स्थित एक रेडिमेड कपडा पसलमा आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बाराको परवानीपुर गाउँपालिका–४ निवासी राजकुमार साहले सञ्चालन गर्दै आएको दुर्गा रेडिमेड सप्लायर्समा शनिबार राति करिब ९ः३० बजे बिजुलीको तार सर्ट भई आगलागी भएको हो।

आगलागीबाट पसलभित्र रहेका लत्ता कपडा तथा अन्य सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो फैलिन नदिन तत्काल दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

घटनाबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा आगलागीको कारण विद्युत् सर्ट सर्किट रहेको देखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Back to top