×

बारा । बाराको करैयामाई गाउँपालिका–८ मा अज्ञात मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दुर्घटनामा पैदल हिँडिरहेका करिब ५० वर्षीय उमेश शाह सुनार गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा वीरगञ्जस्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा बाराको विश्रामपुर गाउँपालिका–५ निवासी ४० वर्षीय पवन शाह सुनार पनि घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि मोटरसाइकलसहित चालक घटनास्थलबाट फरार भएका छन्। फरार चालक तथा मोटरसाइकलको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Back to top