×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरूलाई छुटाइदिने भनी ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा हास्य कलाकार नारद खतिवडा, गोपालकुमार गुरूङ र विक्रमबहादुर थापा रहेका छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

अध्यागमन विभागको कालिकास्थानस्थित हिरासतमा ९ जना चिनियाँ नागरिक राखिएका छन् । प्रहरीका अनुसार विभागको नियन्त्रणमा रहेका १५ वटा राहदानीसमेत झिकाइदिने भनी उनीहरूले ठगी गरेका हुन् । 

उनीहरूले ९ लाख रूपैयाँ ठगेको आरोप छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

Back to top