×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

गत साता एउटा तस्वीर र एउटा समाचार निकै भाइरल भयो । तस्वीरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, केही वडाध्यक्षहरु, शिक्षा शाखा प्रमुख अञ्जु पाण्डे तथा नगर शिक्षा समिति सदस्य दीपक ठाकुरसमेत देखिएका थिए । सबैको हाथमा एउटा पुस्तक थियो– ‘अप्पन जनकपुरधाम ।’ फोटोको तल क्यापसन लगाइएको थियो– ‘मैथिली पाठ्यपुस्तक विमोचन । नगर प्रमुख श्री मनोजकुमार साहजीको पहलमा । कक्षा १देखि ३ सम्मका विद्यार्थीका लागि ।’ नेपालको संविधान २०७२ ले माध्यमिक स्तरसम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई प्रदान गरेको छ ।

स्थानीय पाठ्यक्रम निर्माणका लागि नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र राष्ट्रिय पाठ् यक्रम प्रारुप मुख्य कानूनी आधार प्रदान गरिएको छ । यी व्यवस्थाहरुलाई टेकेर स्थानीय तहलाई आफ्नो आवश्यकताअनुसार छुट्टै पाठ् यक्रम विकास र कार्यान्वयन गर्ने अधिकार प्राप्त हुन्छ ।

नेपालको संविधानः संविधानको अनुसूची ८ ले आधारभूत तहसम्मको शिक्षा स्थानीय सरकारको अधिकार क्षेत्रभित्र राखेको छ । साथै, धारा ३२ ले प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि र संस्कृति संरक्षण गर्दै स्थानीय तहमा मातृभाषामा शिक्षा पाउने हक सुनिश्चित गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ः यस ऐनको दफा ११ ले गाउँपालिका तथा नगरपालिकालाई स्थानीयस्तरको शैक्षिक योजना निर्माण, कार्यान्वयन, र कक्षा १ देखि ८ सम्मको १०० पूर्णांकको स्थानीय पाठ्यक्रम (वा मातृभाषा) निर्माण तथा व्यवस्थापन गर्ने अधिकार दिएको छ ।

कक्षा १–३ का लागि ५ पाठ्यभार र कक्षा ४–८ का लागि ४ पाठ् यभारको छुट्टै स्थानीय पाठ्यक्रम विकास गर्नुपर्ने नियम छ । नेपालको संविधान तथा विभिन्न कानूनहरुको जगमा जनकपुरधाम उपमहानगर पालिकाले निर्माण गरेको अप्पन जनकपुरधाम पाठ्यपुस्तकको विमोचन भई सकेको छ । जनकपुरधाम नगर कार्यसमितिले पाठ्यपुस्तक लागू गर्ने निर्णय पनि गरि सकेको छ ।

तर यहाँहरुलाई दुःखका साथ भन्नु पर्ने हुन्छ– मेयर साहेब र जनप्रतिनिधिज्युहरुले हाथमा लहरै लिएर फोटो खिचाएका ‘अप्पन जनकपुरधाम’ पाठ्यपुस्तक यस शैक्षिक सत्रदेखि कार्यान्वयनमा आउने कि नआउने द्विविधा भने विद्यमान नै छ । यसको कारण हो– पुस्तक लेख्ने सम्झौता गरेका व्यक्तिलाई जनकपुरधाम उपमहानगर पालिकाले भुक्तानी नगर्नु । जबकि पुस्तक लेख्ने सम्झौता गरेको व्यक्ति वा संस्था मेयर, वडाध्यक्ष, शिक्षा समिति, विज्ञ समितिसंग पटक पटक बैठब बसेका छन् ।

नियमानुसार पुस्तक लेखन गर्ने सम्झौता गरेका छन् । कार्यादेश लिएका छन । तर असार २५ गते मिहिलाल यादव भन्ने हाकिम साहेबलाई किन हो कुन्नी मन परेन । उनले भुक्तानी हुदैन भन्दिनु भयो रे । मिहिलाल यादव वर्षौदेखि जनकपुरधाम उपमहानगर पालिकामा कार्यरत वरिष्ठ कर्मचारी हुन् । आफ्ना कविता तथा सामाजिक सञ्जाल मार्फत बेला बेला मैथिली भाषाको विरोध गर्नु हुने मिहिलाल सर, जानी जानी पाठ्यपुस्तक लेखन वापतको रकम भूक्तानी रोक्नु भयो, होला भने मलाई लाग्दैन तर यादवजीको यस हैसियतले के प्रमाणित गरेको छ भने– मेयर मनोज कुमार साह मिहिलाल यादव समक्ष निरीह छन् ।

मेयरले चाहेर पनि वास्तविक उपभोक्ताले भुक्तानी नपाएको यो पहिलो घटना भने होइन, र्दुइ वर्ष अघि मेयर साहको पहलमा कटरैतस्थित जलादि नदीमा बाँध बाधिएको थियो । मेयर साह आफै बाँधको शिलान्यास र उद्घाटन गर्नु भयो । बाँधबाट वरिपरिका करिब एक दर्जन गाउँका हजारौं बिगहा जग्गामा सिँचाइ पनि भयो । तर मिहिलाल यादवजीले बाँध निर्माण वापतको रकम भुक्तानी गर्नु भएन । कटरैतवासी अझै भन्दै छन्–…जनकपुरधाम उपमहानगर पालिकामा मेयर ठुला कि मिहिलाल यादव

Back to top