×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित अल्टोकी गाउँमा शनिबार भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

दुर्घटनामा चन्द्रपुर नगरपालिका–९ निवासी हरिप्रसाद तिमल्सिना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। म.प्र. ०३–००१ क ३२६२ नम्बरको टिपरले उनको मोटरसाइकललाई ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेको आफन्तले बताएका छन्।

घाइते तिमल्सिनाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको जनाइएको छ।

तिमल्सिना मानवसेवा आश्रममा आयोजित एक कार्यक्रम सम्पन्न गरी घर फर्किने क्रममा दुर्घटनामा परेका थिए। उनी चन्द्रपुर–५ स्थित संकल्प बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकसमेत हुन्।

दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

Back to top