×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१९ मा आयोजना हुन लागेको श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन समारोह भव्य रूपमा हुने भएको छ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि तथा युवा नेता सुधिर पटेल प्रमुख अतिथिका रूपमा सहभागी भई प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

श्री बिन्दबासिनी माई युवा क्लबद्वारा आयोजना गरिएको उक्त प्रतियोगिता खेलकुदको विकास, युवाहरूको एकता तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार टी–२० नकआउट प्रारूपमा सञ्चालन हुने प्रतियोगिताले स्थानीय स्तरका प्रतिभावान खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ। साथै, खेलकुदमार्फत सामाजिक सद्भाव र युवा सशक्तीकरणलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले स्थानीय स्तरमा खेलकुदको विकासलाई थप गति दिने विश्वास व्यक्त गरेको छ।

Back to top