×

नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौत फेरि एक पटक सामाजिक सञ्जालमा छाएकी छिन् । हालै उनको एउटा भिडियो अनलाइनमा आएको छ, जसले सनसनी मच्चाएको छ । 

उक्त भाइरल क्लिपमा, कङ्गनाले मङ्गलसूत्र र हरियो चुरा लगाएको देखिन्छ, जसले उनको फ्यानहरूलाई चकित पारेको छ । सामाजिक सञ्जालमा अभिनेत्रीले गोप्य रूपमा विवाह गरेकी हुन् कि भनेर अड्कलबाजी चलिरहेको छ ।

भिडियोमा कंगना आफ्नो सुरक्षा कर्मचारीले घेरिएर एउटा घरबाट बाहिर निस्किरहेको र आफ्नो कारतिर जाँदै गरेको देखिएकी छिन् । साधारण खालको हलुका गुलाबी सलवार–सुटमा सजिएकी कंगना एकदमै प्यारी देखिएकी छिन् ।

भिडियोमा उनले मिडियासँग कुराकानी गरिनन् । तर क्यामेराको अगाडि पूर्ण रूपमा शान्त थिइन् । फ्यानहरूले उनको परम्परागत लुक र मङ्गलसूत्र देख्ने बित्तिकै सामाजिक सञ्जालमा अनेकौँ अनुमान गरिरहेका छन् ।

घाँटीमा मङ्गलसूत्र देखेर अलमल्लमा छन् फ्यान

यो भिडियो सामाजिक सञ्जालमा देखा परेपछि उनका फ्यानहरूको बीचमा खैलाबैला भएको छ । भिडियोमा कमेन्टको वर्षा भइरहेको छ । कंगनाको लुक देखेर सबैजना छक्क परेका छन् । ‘घाँटीमा मङ्गलसूत्र ? के उनले बिहे गरेकी हुन् ?’ भनेर एक जना युजरले कमेन्ट गरेका छन् । 

अर्का युजरले भने यो कुनै फिल्म सुटिङको अंश हुनसक्ने बताएका छन् । अर्का एक जनाले चाहिँ कंगनाले जोसग बिहे गरिन् तीन व्यक्ति भाग्यमानी भएको भन्दै विवाहको शुभकामना दिएका छन् ।

कुनै फिल्मसँग जोडिएको हो त लुक ?

यो लुक बाहिरिएसँगै केहीले अभिनेत्रीले गुपचुप बिहे गरेको दाबी गरिरहेका छन् । अरूले भने यो लुक आगामी फिल्मसँग जोडिएको हुनसक्ने ठानेका छन् ।

सामाजिक सञ्जालमा धेरै फ्यानहरूले कंगना उनको सुपर हिट फिल्म ‘क्वीन २’ को सिक्वेलको लागि छायाङ्कन गरिरहेको हुनसक्ने अनुमान गरेका छन् । क्विनको सिक्वेल ‘क्विन फरएभर’को नाममा बनिरहेको छ ।

अहिलेसम्म कंगना वा उनको टिमबाट विवाहका यो हल्लाबारे कुनै आधिकारिक बयान आएको छैन । पछिल्लो समय रनौतले मुम्बईमा आफ्नो सुपर हिट फिल्मको सिक्वेल ‘क्वीन २’ को छायाङ्कन सुरु गरेको रिपोर्टहरू बाहिर आएका छन् ।

यो फिल्मसँगै कंगना बलियो पुनरागमन गर्न तयार छिन् । फ्यानहरू उनलाई फेरि एक पटक ठुलो पर्दामा ‘रानी’ को अवतारमा हेर्न उत्साहित छन् । 

Back to top