×

साफ महिला क्लब च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपाली क्लब एपीएफले आज पाकिस्तानको कराची सिटीसँग खेल्दैछ। 

दुई खेलमा चार अंक जोडेको एपीएफले आज तेस्रो खेल खेल्न लागेको हो। आजको खेल जिते एपीएफ फाइनल पुग्नेछ। 

कराँचीको यो अन्तिम खेल हो। तीन खेलमा दुईमा बराबरी र एकमा पराजित भएको कराँचीको २ अंक रहेको छ। आजै हुने पहिलो खेलमा भारतको इस्ट बंगाल र बंगलादेशको नसिरन  स्पोर्ट एकेडेमीबीच खेल हुनेछ। 

यी दुईबीचको खेल दिउँसो २ बजे दशरथ रंगशालामा हुनेछ भने एपीएफले कराँची सिटीसँग दशरथ रंगशालामै साँझ ६ बजे प्रतिस्पर्धा गर्नेछ। 

Back to top