×

५ हजार ४ सय वर्षभन्दा पुरानो विश्वका केही पुराना जैतुनको रूखहरूको घर जोर्डनले हालैका वर्षहरूमा उत्पादनमा सबैभन्दा तीब्र गिरावटको सामना गरिरहेको छ। जोर्डनको कुल क्षेत्रफलको लगभग ९२ प्रतिशत भाग सुख्खादेखि अर्ध–सुक्खा हावापानीमा पर्छ।

कडा र खडेरी प्रतिरोधीका लागि परिचित जैतुनको रूखहरू यी परिस्थितिहरूमा फस्टाउँछन्। जोर्डनमा धेरै प्राचीन रोमन–युगका जैतुनको बगैंचा अझै पनि देशभर उभिएका छन्। तर पनि यस मौसममा शताब्दी पुराना रूखहरूले पनि संघर्ष गरेका छन्।

यस वर्ष वर्षाको अभाव र खडेरीका कारण उत्पादन धेरै कम छ। यस वर्षको फसल विगतका वर्षहरूको तुलनामा दशांश मात्र हो। विगत एक दशकदेखि, जोर्डनले वार्षिक २३ हजार–२४ हजार टनको घरेलु माग पूरा गर्दै लगभग ५ हजार टन निर्यात गर्दै आएको थियो। तर यस वर्ष आपूर्ति मागभन्दा कम भएपछि सेप्टेम्बरबाट निर्यातमा प्रतिबन्ध लगाइएको थियो। 

Back to top