×

वीरगञ्ज । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। टाइम्स अफ इन्डियाका अनुसार, उनको ८९ वर्षको उमेरमा सोमबार मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो।

सन् १९६० बाट अभिनय यात्रा सुरु गरेका धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्।

'शोले' को वीरूको भूमिका सहित 'फूल और पत्थर', 'सीता और गीता', 'चुपके चुपके', 'प्रतिज्ञा' र 'धर्म वीर' जस्ता उनका फिल्महरू सदाबहार मानिन्छन्। रोमान्टिकदेखि एक्सन हिरोसम्मको भूमिकामा उनले आफ्नो बलियो छाप छोडेका छन्। 

सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट र २०१२ मा भारत सरकारको पद्मभूषण सम्मान पाएका धर्मेन्द्र पछिल्लो पटक ‘तेरी बातों में ऐसा उलझा जिया’ र ‘रकी और रानी की प्रेम कहानी’ मा देखिएका थिए। उनको आगामी फिल्म ‘इक्किस’ नै अन्तिम फिल्म हुनेछ। 

धर्मेन्द्रका श्रीमतीद्वय प्रकाश कौर र हेमा मालिनीसहित छोराहरू सनी र बबी देओल तथा छोरीहरू ईशा र आहाना देओल छन्।

Back to top